ताजा अपडेट »

सवारी एसेम्बलिङ उद्योगमा ५०% छूट

आइतबार, २७ भदौ २०७८, ०७ : १०
6 Shares

काठमाडौँ । सरकारले नेपालमै सवारी एसेम्बलिङ गर्ने उद्योगलाई ठूलो छूट दिने निर्णय गरेको छ । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेटको आर्थिक ऐनमार्फत नेपालमै सवारी एसेम्बल गर्ने उद्योगलाई अन्तरशुल्का ५० प्रतिशतसम्म छूट दिने निर्णय भएको हो ।

यसअघि यस्ता उद्योगलाई अन्तःशुल्कमा २५ प्रतिशत छूट दिने गरिएको थियो । नेपालमै मोटरसाइकल एसेम्बलिङ गरिरहेको हंसराज हुलासचन्द एन्ड कम्पनी र शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले विशेष छूट पाएका छन् । नेपालमा थप एसेम्बिलिङ उद्योग खोल्ने वातावरण बनेको छ । हाल नेपालमा हंसराजले बजाज र जगदम्बाले टीभीएसका मोटरसाइकल एसेम्बलिङ गरिरहेको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले नयाँ व्यवस्थाले सकारात्मक प्रभाव पार्ने बताए । ‘ठूलो लगानी गरेर जोखिम मोलेर उत्पादन गरिरहेका थियौं तर खतरा त्यति नै थियो,’ उनले भने, ‘नयाँ व्यवस्थाले सहजीकरण गरेको छ ।’ उनले नयाँ व्यवस्थासँगै अबको केही समयमै नेपालमै उत्पादन भएका टीभीएसको मोटरसाइकलमा ग्राहकले केही सस्तो मूल्यमा पाउने वातावरण बनेको बताए । ‘ग्राहकले मूल्यमा पनि केही सहुलियत पाउनेछन्,’ उनले भने ।

अटोमोबाइल व्यवसायीको छाता संगठन नेपाल अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले उद्योगमा दिएको छूटले नेपालमा थप उद्योग खुल्ने वातावरण बनेको बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।