१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

काठमाडौँ । महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकै भोलिपल्ट कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा विमलेन्द्र निधि निवास पुगे। शुक्रबार निधिको पारिवारिक पूजामा सहभागी भए र आफू निधि गुटमा प्रवेश गरेको जनाउ दिए।  

Advertisement

१३ औं महाधिवेशनदेखि शर्मा पार्टी सभापति शेरबहादुर देउवा निकट थिए। देउवाले विश्वास गरेर प्रवक्ताको जिम्मेवारी दिएका शर्माले गुट परिवर्तन गरे। देउवाकै विश्वासपात्र निधि यसअघि नै अलग गुटको अभ्यासमा जुटिसकेका छन्। देउवा गुटबाट महामन्त्रीमा ‘सुरक्षित’ नठानेपछि प्रवक्ता शर्माले गुट फेरेको कांग्रेसी नेताहरू बताउँछन्। महामन्त्रीको उम्मेदवारका लागि आफूले सबै नेतासँग सल्लाह गरेको शर्माको भनाइ छ। ‘गुट र टिम बनाउने कुरा सभापतिमा उठ्नेले हो,’ उनी भन्छन्, ‘महामन्त्रीमा उठ्नेले होइन।’ १४ औं महाधिवेशनको रन्कोसँगै कांग्रेसमा गुट अदली बदली सुरु भएको छ।

देउवालाई यतिबेला १३ औं महाधिवेशनका सारथीहरू जोगाउनुपर्ने आवश्यक्ता रहेको उनी निकट नेताहरू बताउँछन्। गोपालमान श्रेष्ठले पनि सभापतिमा इच्छा देखाएका छन्। तर, सभापति नपाए पनि श्रेष्ठले देउवालाई नै साथ दिने कांग्रेसी नेताहरूको बुझाइ छ।

विगतमा देउवाविरुद्ध एकगठ भएको रामचन्द्र पौडेल गुटमा पनि विभिन्न चिरा देखिएका छन्। गुटलाई कायम राखेर एक जना मात्र सभापतिको उम्मेदवार छान्न यो गुटलाई हम्मे–हम्मे छ। शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइराला र सुजाता कोइरालाले पनि सभापतिमा दाबी गरेका छन्। धेरै आकांक्षी देखिएपछि पौडेल गुटबाट एक जना मात्र सभापति उम्मेदवार बन्ने सम्भावना कम छ। शेखरलाई गगन थापा, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङलगायत युवा नेताहरूको समर्थन छ। १३ औं महाधिवेशनमा कृष्ण सिटौला गुटबाट महामन्त्रीमा उम्मेदवार बनेका गगन यतिबेला शेखर निकट छन्। शेखरले पनि गगनलाई महामन्त्रीमा सघाउने वचन दिएको नेताहरू बताउँछन्।  यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । 

प्रतिकृया दिनुहोस्

Flash News

दसैंको मुखमा नक्कली नोटको बिगबिगी रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु