ताजा अपडेट »

जलवायु परिवर्तनको असर समुन्द्रमा पनि !

आइतबार, २७ भदौ २०७८, ०६ : ३१
18 Shares

काठमाडौँ । अहिले विश्वमा जलवायु परिवर्तनको असरका कारण प्राकृतिक विपद बढेको विश्लेषण भइरहेको छ । यसैक्रममा करिब आठ बर्ष गरिएको एक अनुसन्धानबाट जलवायु परिवर्तनको असर समुन्द्रमा पनि देखिएको खुलेको छ ।

नेचर साइनटिफिक जर्नलमा प्रकाशित भएको अनुसन्धान रिपोर्टमा समुन्द्रमा रहेका माछा र शार्कका कैयौं प्रजाति लोप हुने अवस्थामा रहेको उल्लेख गरिएको छ । २०१४ को एक आँकडाका अनुसार समुन्द्रमा रहेका माछा र अन्य प्रजाति २४ प्रतिशत लोपुन्मुख रहेको अहिले त्यो प्रतिशत डबल भएको बताइएको छ ।

अनुसन्धानमा समुन्द्रमा रहने माछा, शार्कलाई बस्ने ठाउको अभाव हुदै गएको र समुन्द्रको पनि तापमान बढ्दै गएको उल्लेख छ ।रिपोर्टमा पछिल्लो ८५ बर्षमा माछाका तीन प्रजाति नदेखिएको उल्लेख गरिएको छ । जसमा लास्ट शार्क १९३४ देखि, जावा स्टिगरी १८६८ देखि र रेड सी टारपिडो १८९८ देखि नदेखिएको बताइएको छ ।

अनुसन्धानकर्ता निकोलस डुल्वीले समुन्द्रको पुरै इको सिस्टम प्रभावित भएको भन्दै विश्वका कैयौं देशका समुन्द्रमा रहेका माछा र अन्य प्रजाति संकटमा रहेको बताएका छन् ।जलवायु परिवर्तन र माछाको विषयमा अस्ट्रेलियाका अनुसन्धानकर्ताले हरेको अनुसन्धानमा समुन्द्रको तापमान बढ्दै जादा शार्क माछाले समय भन्दा अगाडी बच्चा जन्माईरहेको र यिनीहरुको आकारमा पनि असर परेको उल्लेख छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।