ताजा अपडेट »

मेसी र नेइमार बिना पिएसजी विजयी

आइतबार, २७ भदौ २०७८, ०६ : २८
12 Shares

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले क्लेरमोन्ट फूटमाथि फराकिलो जित हासिल गरेको छ।शनिबार राति सम्पन्न खेलमा पिएसजीले क्लेरमोन्टलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

पिएसजीको जितमा एण्डर हरेराले दुई गोल गरेका थिए भने किलियन एम्बाप्पे र इड्रीसा गुएयेले एक एक गोल गरेका थिए।पिएसजीका लागि यस खेलमा लियोनेल मेसी र नेइमार खेलेका थिएनन् । मेसी र नेइमार राष्ट्रिय टिमको खेलका लागि गएर फर्किएकाले उनीहरुलाई पिएसजीले यस खेलमा समावेश गरेको थिएनन् ।

योसँगै पिएसजी फ्रेन्च लिग वानमा लगातार पाँचौं जित हासिल गरेको छ। पिएसजीले ५ खेलमा १५ अंक हासिल गर्दै लिगमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै क्लेरमोन्टको ५ खेलमा ८ अंकसहित तेस्रो स्थानमा रहेको छ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।