२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

बुटवल । रुपन्देहीको बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल(आम्दा)मा इन्सिनिरेटर (फोहोर नष्ट गर्ने अपकरण) सञ्चालनमा आएको छ । जसको शनिबार लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालका डिष्ट्रिक्ट गर्भनर पिएमजेएफ लायन्स रामप्रसाद भट्टले उद्घाटन गरेका हुन्। उक्त मेशिन जोन १०५ अन्तर्गतका लायन्स क्लब अफ बुटवल सयपत्री, लायन्स क्लब अफ बुटवल मखमली र लायन्स क्लब अफ बुटवल ज्योतीको संयुक्त सहकार्यमा सञ्चालनमा ल्याइएको हो ।

Advertisement

सो अवसरमा लायन्स क्लब अफ बुटवल सयपत्रीकी पूर्व अध्यक्ष तथा जोन चेयर पर्सन लायन्स कल्पना शिवाकोटी पोखरेलले इन्सिनिरेटरले हानिकारक तथा प्रशोधन हुन नसकेका फोहोरहरु नष्ट गर्न सकिने बताइन् । उनले आम मानिसको स्वास्थ्य सेवामा पहुँच बढेको भएता पनि स्वास्थ्य संस्थाहरुबाट निस्कने फोहर व्यवस्थापन जटिल चूनौती बनेको बताइन् । कोरोना संक्रमित तथा अन्य बिरामीको फोहोरले हुने जोखिममा न्यूनिकरण हुने विश्वास व्यक्त गरिन्।

१५ लाख लागतमा उक्त इन्सिनेरेटर स्थापना गरिएको उनले बताइन्। उक्त बजेट इन्सिनेरेटर स्थापनाको लागि आवश्यक कच्चा पदार्थ, निर्माणको लागि श्रमिकको ज्याला लगाएत अन्य प्राविधिक खर्चहरु समावेश हुने गरी प्राविधिक विज्ञहरुको सहयोगमा तय गरिएको उनको भनाई छ । उक्त टोक्नोलोजी वीथ आउट बोर्डरले प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

अस्पतालमा इन्सिनिरेटर उपकरणको सुरुवात भएसँगै फोहोर व्यवस्थापनमा राहत मिल्ने अस्पतालले जनाएको छ । सो अवसरमा शिवाकोटीले अस्पतालका टाईप १ डायबिटीजका विरामीको लागि फ्रीज सहयोग पनि गरेकी छन् भने बाल रोग विशेषज्ञ डा. सन्तोष पोख्रेलले २५ हजार सहयोग गरेका छन् ।

यस्तै लायन्स क्लब अफ बुटवल मखमलीकि अध्यक्ष तारा देवकोटाले थालासेमियाको विरामीको लागि २५ हजार सहयोग गरेकी हुन् । लायन्स क्लब अफ बुटवल ज्योतिकी संस्थापक अध्यक्ष कल्पना नेपाल र वर्तमान अध्यक्ष सरिता थापाले पिडियाटिक क्यानसरको लागि २५ सहयोग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला