ताजा अपडेट »

रोटरी क्लब रुपन्देहीद्वारा वृक्षारोपण

शनिबार, २६ भदौ २०७८, २१ : ०९
4 Shares

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच रोट्रयाक्ट क्लब अफ रुपन्देही, रोट्रयाक्ट क्लब अफ राममणी बहुमुखी क्याम्पसको सहकार्यमा करहिया सामूदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो । जसमा हर्रोका २०० बढी विरुवा रोपिएको थियो । रोटरी कल्व अफ रुपन्देहीले करहीया सामुदयिक बन संगको सहकार्यमा रोटरी उद्यान बनाउन लागि १० वर्षको लागि सम्झौता गरि सो जग्गमा आर्यूबेदीक बनसपति हर्रो लगाएको हो । क्लवले बिक्षारोपण संगै सो पार्कमा लगाईको सम्पूर्ण बिरुवाहरुको संरक्षणको जिम्मेवारी पनि उठाएको छ ।

वृक्षारोपण कार्यक्रमका अवसरमा आरआई ३२९२ डिष्ट्रिक्ट ३२९२ नेपाल भूटान इन्भाइरोमेन्ट कमिटि चेयर तथा ग्रिन भ्याली ग्रिन नेपालका अभियन्ता भुवन श्रेष्ठले वृक्षारोपणले वातावरण संरक्षणमा यसको महत्वपूर्ण योगदान हुने बताए । यस्तै, आरआई ३२९२ इन्भाइरोमेन्ट कमिटि को चेयर ध्रुव धितालले वातावरण संरक्षण, दिगो विकासको लक्ष्य प्राप्तिमा वृक्षारोपण र त्यसको संरक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताए।

रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षता रहेको कार्यक्रममा जोन २१ एजी राजकुमार गुप्ता, करहिया सामूदायिक वनका अध्यक्ष खेमप्रसाद गौतम लगाएतले सम्बोधन गरेको कार्यक्रमको संचालन सचिव बिक्रम रिजाले गरेका थिए । कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु, बोर्ड पधाधिकारीहरु, कल्वका सदस्यहरु, रोट्रयाक्ट क्लवअफ रुपन्देही ताथा रोट्रयाक्ट क्लवअफ रामणि बहुमुखी क्याम्सका अध्यष्क्ष, बोर्ड पधाधिकारीहरु तथा सदस्यहरु गरि ५० जाना बढिको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।