ताजा अपडेट »

स्वामित्वका सञ्चारमाध्यम पुनःसंरचना गर्न जोड

शनिबार, २६ भदौ २०७८, २० : ५७
8 Shares

बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष एवम् संविधान सभा सदस्य विनोद पहाडीले सरकारी स्वामित्वका सञ्चारमाध्यम पुनःसंरचना गर्न आवश्यक रहेको बताएका छन् । शनिबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश समिती, राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही शाखा, रेडियो जागरण बुटवल र सृजनशिल सहयात्री समुह बुटवलको संयुक्त आयोजनामा भएको आमसञ्चारमा समावेशीकरण विषयक अन्तरक्रिया तथा बधाई कार्यक्रमा बोल्दै सरकारी संञ्चारमाध्यममा राज्यका सबै भुगोल र समुदायको प्रनिभित्व सुनिश्चित हुनु पर्ने बताए ।

उनले सञ्चारमाध्यममा दलित तथा सिमान्तकृत समुदायको अनिवार्य प्रतिनिधित्व हुन सकेका खण्डमा मात्रै दलित समुदायको अधिकार स्थापित गर्न मद्दत पुग्नेमा जोड दिए । अध्यक्ष पहाडीले माओवादी जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेललाई राज्यले उचित सम्मान गर्न नसकेको दुखेसो गरे । शहिदको बदिानीको जगमा स्थापित व्यवस्थामा शाषन गर्ने नेताहरुले गरीबको पिडा कहिल्यै नबुझेको बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीका प्रेस सल्लाहाकार मान सिं बिश्वकर्माले सबैलाई समेटेर अघि वढ्ने बताए । सिमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्ति प्रदेशको मुख्यमन्त्रीको प्रेस सल्लाहाकार हुनु आन्दोलनको उपलब्धि भएको बताए । लुम्बिनी प्रदेश सभामा पेश भएको सञ्चार विधेयक पुर्नलेखन हुने जानकारी दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले लुम्बिनी प्रदेशलाई कसरी सञ्चारमैत्री बनाउन सकिन्छ भन्ने विषयमा पहल गर्न सुझाब दिए । उनले पत्रकारहरुको क्षमता बृद्धिमा प्रदेश सरकारले भुमिका खेल्नु पर्नेमा जोड दिए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष विनोद परियारले प्रतिनिधित्व बृद्धि नभएसम्म मुद्दा बलियो नहुने बताए । दलित समुदायको आवाज मुखरीत गर्न सञ्चार माध्यममा दलित समुदायका व्यक्तिहरुको पहुँच निर्माण गर्नु आवश्यक रहेको उनको भनाई थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।