ताजा अपडेट »

नियमित रक्तदाता संघद्वारा बन्दिको स्मृतिमा खुल्ला रक्तदान, ६५ युनिट रगत संकलन

शनिबार, २६ भदौ २०७८, २० : ४४
2 Shares

बुटवल । नेपाल नियमित रक्तदाता संघले संस्थापक अध्यक्ष सरोज सिलवाल बन्दीको १४ औं स्मृति दिवसको अवसरमा खुल्ला रक्तदानको आयोजना गरेको छ । बुटवलको देविनगर चौपारिमा आयोजित खुल्ला बृहत रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको छ ।

वि.स. २०६१ सालमा स्थापना गरि निरन्तररूपमा रगत व्यवस्थापन र रक्तदान गराउँदै आएका सिलवाल रगत व्यवस्थापनमै लाग्दै गर्दा सडक दुर्घटनामा वि.स.२०६४ सालमा देहावसान भएको थियो । उनकै सम्झनामा संस्थाले रक्तदान गरेको नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवालले बताए । संघले नियमित रूपमा प्रत्येक महिनाको तेस्रो हप्ता रक्तदान गदै आएको छ । यस क्षेत्रमा रगत अभाव हुन नदिन संस्थाले गर्दै आएको रक्तदान निकैे सराहनीय कामका रुपमा लिने गरेका छन् ।

वर्तमान समयमा यस क्षेत्रमा रगत अभाव भएकोहुँदा र बुटवल उपमहानगरपालिका–११ सबैभन्दा बढी जनसंख्या भएको क्षेत्ररहेकाले यस्तो ठाउँमा रक्तदान गराउँदा धेरै मानिसलाई उत्प्रेरणा हुने संस्थाका सचीव महेश खनालले बताए । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष राम चन्द्र क्षेत्री, संघका सल्लाहकार सुरेन्द्र कुमार शाक्य, कानुनी सल्लाहकार दामोदर घिमिरे तथा सल्लाहकारहरु लेखनाथ न्यौपान, भिमसेन श्रेष्ठ लगायतको उपस्थितीमा रक्तदान कार्यक्रम भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।