ताजा अपडेट »

दुर्घटना न्यूनीकरण गर्न तम्घासमा सचेतना बोर्ड

शनिबार, २६ भदौ २०७८, १९ : ३२
4 Shares

गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घास प्रवेश गर्ने नाकाहरु ट्राफिक जनचेतना मुलक नागरिक सचेतना बोर्ड राखिएको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको समन्वय र फोर्टिन स्टार युवा क्लवको सहयोगमा ट्राफिक सचेतना बोर्ड राखिएको हो ।

जिल्ला सदरमुकाम तम्घास प्रवेश गर्ने स्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–४ को बाघमारे र वडानम्बर–८ को भगवती मन्दिर जनिकै ट्राफिक नागरिक सचेतना बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले बताए । क्लवले सामाजिक उत्तरदायित्व स्वरुप तम्घास बजारका दुईवटा सवारी चाप हुने स्थानमा सचेता बोर्ड राखिएको क्लवका उपाध्यक्ष सुरक्ष पोखरेलले बताए ।

बोर्डमा तीव्र गति जीवनको क्षती, समुदाय प्रहरी लगायत दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतना मुलक सन्देश र तस्विर राखिएको छ । बोर्डमा सवारी चालक लगायत नागरिकलाई दुर्घटना न्यूनिकरण र ट्राफिक जनचेतना मुलक सन्देशहरु राखिएको जिल्ला ट्रार्फिक प्री कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक आचार्यले बताए ।

उनले तम्घासका सवारी चाप हुने स्थानमा राखिएको बोर्डले दुर्घटना न्यूनीकरण गर्नका निम्ति मद्दत गर्ने बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न बिभिन्न संघ संस्थाको सहकार्यमा सचेतना मुलक कार्यक्रमलाई तिब्रता दिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हल्वदार नविन भण्डारीले बताए ।

समेतना बोर्ड राख्ने कार्यमा ट्राफिक प्रहरी र क्लवका अध्यक्ष बिक्रम बुढाथोकी, महासचिव नारायण आचार्य लगायतको टोलीले राखेका हुन्। उनिहरुले क्लवले वर्षेनी एउटा एउटा सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्ने उदेश्य स्वरुप काम गर्दै आएको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले केहि दिन अघि जिल्लाका बिभिन्न स्थानमा दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले साताव्यापी रुपमा सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको थियो । दुर्घटना न्यूनिकरण गर्न थप सचेतना मुलक कार्यक्रमलाई सक्रियताका साथ अगाडी बढाइने जिल्ला ट्रार्फिक कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।