ताजा अपडेट »

अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस कमिटी अध्यक्षमा ज्ञवाली

शनिबार, २६ भदौ २०७८, १५ : ४५
18 Shares

बुटवल । अखिल( क्रान्तिकारी )बुटवल बहुमुखी क्याम्पसको अध्यक्षमा बिष्णुप्रसाद ज्ञवाली चयन भएका छन् । शनिबार भएको छैठौँ इकाइ सम्मेलनबाट ज्ञवालीको नेतृत्वमा ४१ सदस्यीय क्याम्पस कमिटी चयन भएको हो ।

कमिटीको उपाध्यक्षमा गोपाल भण्डारी, खिमराज गिरि, बिष्णु भुसाल, बिशाल पौडेल सचिबमा रिया बस्नेत, सहसचिबमा निमा गिरि, दिपक खत्री, सम्झना ढकाल र कोषाध्यक्षमा संगम खवास सर्वसम्मत रुपमा चयन भएको छन् । कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय सचिब नारायण खनालले बिद्यार्थीको हक र हितका लागि संगठनले जस्तोसुकै कार्य गर्नका लागि पनि पछि नपर्ने बताए । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयसम्म शैक्षिक गतिविधि ठप्प रहेकाले वैकल्पिक बिधिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

यस्तै माओवादी केन्द्र रुपन्देहीका जिल्ला इन्चार्ज टंकमणी शर्माले संगठनलाई बिद्यार्थीको हक हितमा लाग्न आग्रह गर्दै आफूहरुले जस्तोसुकै सहयोग गर्नका लागि पनि तयार रहेको बताए ।कार्यक्रममा माओवादी केन्द्र रुपन्देहीका जिल्ला अध्यक्ष निर्मल जिसी, फ्याक्सन इन्चार्ज चेतन भण्डारी, अखिल क्रान्तिकारी रुपन्देही अध्यक्ष बिष्णु खत्री, अखिल( क्रान्तिकारी )बुटवल बहुमुखी क्याम्पस कमिटीका पुर्व अध्यक्षहरु दामोदर घिमिरे, अनुप पोखरेल र बाबुराम खनाल लगायतले बोल्दै नवगठित कमिटीलाई विद्यार्थीको हक हितमा लाग्नका लागि आग्रह गरे ।

कार्यक्रम निवर्तमान क्याम्पस कमिटी अध्यक्ष टेकराज रेग्मीको अध्यक्षता र बिष्णुप्रसाद ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।