२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

बुटवल । बुटवलमा विवान फार्मेसी बुटवल र रोटरी क्लब अफ बुटवल चौतारीको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार सम्पन्न शिविरमा २ सय बढी बिरामीले लाभ लिएको फार्मेसीका प्रबन्ध निर्देशक दीपक ढकालले बताए । कोरोना महामारी बीच अस्पताल गई स्वास्थ्य जांच गराउन डराएका मानिसले नजिकैको स्वास्थ्य संस्थामा नि:शुल्क रुमा जांच गराई स्वास्थ्य लाभ गर्न सकुन् भन्ने उद्धेश्यले कार्यक्रम गरिएको उनले बताए ।

शिविरमा मधुमेह, उच्च रक्तचाप जांच संगै किड्नी, बालबालीका तथा रुघाखोक र ज्वरोका बिरामीका लागि चिकित्सककै सहभागितामा नि:शुल्क औषधी समेत वितरण गरिएको रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष सुरज क्षेत्रीले बताए । उनले सामाजिक कार्यमा अग्रसर रहेको आफ्नो संस्थाले यसअघि मास्क अभियान सुरु गरी अहिले पनि निरन्तर मास्क वितरण गरिरहेको जनाए ।

शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा नरेन्द्र प्रसाद यादव, देवदह मेडिकल कलेजका एम एस अर्थोपेडिक डा. सुन्दर कार्की, आयुर्वेद विशेषज्ञ डा. डि. के धिताल, दन्त रोग विशेषज्ञ डा. सुशिल पोख्रेल, मेडिकल अफिसरहरु डा. एन के अर्याल, डा. रविन्द्र अग्रहरि, डा. रोहित श्रेष्ठ, डा. रिसब सुवेदी लगायतले बिरामीको परिक्षण गरेका थिए । साथै औषधीको उचित प्रयोग र परामर्श बारे फार्मासिस्ट सुभेन्द्र प्रसाद यादव सहितको समुहले सहजीकरण गरेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु जसपाका केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता-अभिनेत्री नातिनीको स्याहार पाउने १०१ वर्षीय भाग्यमानी बाजे ! मधेशमा महिला हिंसा : घटनाकाे ग्राफ बढे पनि उजुरी बढेन भगवती मन्दिरमा चढाइयो ६ सय ६९ राँगाको बलि