२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

इटहरी । एकै परिवारका छ जनाको सामुहिक हत्या गरिएको मादि हत्या काण्डको अनुसन्धान निशकर्षमा पुगेको प्रहरीले जनाएको छ । संकास्पद एक जनालाई केन्द्रविन्दुमा राखेर गरिएको अनुसन्धानबाट हत्यामा संलग्न पत्ता लागेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले जनाएको हो ।

Advertisement

घटनामा संलग्नलाई भोलि (आईतबार) चैनपुर ईलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएस्पी लालध्वज सुवेदीले जानकारी दिए । अनुसन्धानको क्रममा गाउँकै एक जना हत्यामा संलग्न रहेको पाईएको डिस्पी सुवेदीले जानकारी दिए । उनले भने, ‘घटनामा संलग्नलाई नियन्त्रणमा लिईसकेका छौ, भोलि विहान १० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौ ।’

अनुसन्धानको क्रममा संकास्पद केहि ब्यक्तिहरुको डिएनए परीक्षण गरिएको थियो । यसरी परीक्षण गरिएको मध्ये नै हत्यामा संलग्न रहेको पाईएको प्रहरीले जनाएको हो । घटना पछि अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डिस्पी लालध्वज सुवेदीको टोलीले अनुसन्धान गर्दै आएको छ ।

गत सोमबार राती मादि नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या गरिएको थियो । भदौ २१ गते सोमबार बिहान खोला गाउँका तेजबहादुर कार्कीको परिबारका छ जनाको हत्या भएको थियो । घरमा रहेका सात जना मध्ये ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल भेटिएका थिए । घटनामा बौद्धमानका छोरा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी श्रीमती ८० वर्षीया पार्वती कार्की, बुहारी ५६ वर्षीया मनमाया ९कमला० कार्की, नातिनी बुहारी २८ वर्षीया रञ्जना कार्की, पनाती १० वर्षीय दिपेन कार्की र पनातीनी ५ वर्षीया गोमा कार्की मृत अवस्थामा भेटिएको थियो ।

सो घटनाको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख अरुणकुमार बिसीसहित संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक दाहाल, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रनाउ रुगम बहादुर कुँवर लगायत प्रदेश प्रहरी कार्यालयस्थित रिजनल इनभेष्टिगेसन टिम, संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टालीले घटनाको अनुसन्धानलाई अगाडि बढाएका छन् । –गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्

Flash News

कसरी जुराइन्छ समुद्री आँधीको नाम ? आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु जसपाका केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता-अभिनेत्री नातिनीको स्याहार पाउने १०१ वर्षीय भाग्यमानी बाजे ! मधेशमा महिला हिंसा : घटनाकाे ग्राफ बढे पनि उजुरी बढेन