ताजा अपडेट »

काङ्ग्रेस रुपन्देही क्षेत्र २ का क्षेत्रीय प्रतिनिधिलाई तरुण दलको सम्मान

शनिबार, २६ भदौ २०७८, ०९ : १२
4 Shares

बुटवल । नेपाल तरुण दलले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेसनमा रुपन्देहीको क्षेत्र नम्बर २ मा निर्वाचित क्षेत्रीय प्रतिनिधिलाई सम्मान गरेको छ।

शुक्रबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी तरुण दल क्षेत्र नम्बर २ र तरुण दल बुटवल नगरले बुटवल उपमहानगरका १९ वटै वडाका प्रतिनिधि, तिलोत्तमाका ४ वटा वडाका प्रतिनिधि र सैनामैनाका ४ प्रतिनिधि गरि ६७ जना क्षेत्रीय प्रतिनिधिलाई सम्मान गरेको हो।

तरुण दल रुपन्देही सचिव समेश साहिको उपस्थितिमा गरिएको सम्मानको अध्यक्षता तरुण दल क्षेत्रीय सभापती हसन्त लामाले गरेका थिए भने कार्यक्रम संयोजन एव सञ्चालन तरुण दल बुटवल सभापती सुजन पुनले गरेका थिए।

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिले जे जसरी निर्वाचितमा विजयी भएपनी काङ्ग्रेसलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्ने बताएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।