ताजा अपडेट »

उपेन्द्र यादवले क-कसलाई बनाउँदैछन् मन्त्री ?

शनिबार, २६ भदौ २०७८, ०८ : ३२
2 Shares

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नामावली मागेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको सूची तयार गर्न लागेका छन् ।
यादवनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल बिस्तार गरे पहिलो चरणमा दुई जनाको मात्रै नाम दिने सोच उनले बनाएका छन्। दोस्रो चरणमा चारजनाको नाम दिने भएका छन्। पहिलो चरणमा महेन्द्र यादव र राजेन्द्र श्रेष्ठको नाम सिफारिस गर्ने तयारीमा उनी छन्।

यसैगरी यादवले प्रमोद साहको नाम पनि सिफारिस गर्ने सम्भावना रहेको नागरिक दैनिकले खबरमा उल्लेख गरेको छ। साह सुरुमै कित्ता परिवर्तन गरी महन्थ ठाकुरबाट उपेन्द्र यादवतिर उभिएका हुन्।
यसैगरी यादवले पर्साका दुई सांसद रामसहाय यादव र प्रदीप यादवमध्ये एकजनाको नाम सिफारिस गर्ने सोच बनाएका छन्। लुम्बिनी प्रदेशबाट यादवले इस्तिायक राई र अमृता अग्रहरीमध्ये एकजनाको नाम सिफारिस गर्ने सोच बनाएका छन्। अध्यक्ष यादव आफैं पनि सरकारमा जाने सम्भावना रहेको स्रोतले बतायो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।