ताजा अपडेट »

एमसीसी पास गर्नुपर्ने पक्षमा बाबुराम भट्टराई

शनिबार, २६ भदौ २०७८, ०८ : २९
6 Shares



काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम् जसपाका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुनुपर्ने तर्क गरेका छन् ।

नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् सबैखाले विदेश सहयोगका परियोजना स्वीकार्नुपर्ने तर्क गरेका छन् । विदेशी परियोजना विरोध गर्नेहरु राष्ट्रवादी हुन नसक्ने उनको भनाई छ । ‘सबै विदेश सहयोगका परियोजना स्वीकार्दै देश समृद्ध पार्ने र युवा स्वदेशमै राख्ने राष्ट्रघाती ?’ भट्टराईको प्रश्न छ ।

एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमणमा रहेको बेला नेता भट्टराईको यस्तो धारणा सार्वजनिक भएको हो।

‘चीनमुखी र अमेरिकामुखी भएर बीप्पाको विरोध गर्नु, भारत र अमेरिकामुखी भएर बीआरआईको बिरोध गर्नु र चीन तथा भारतमुखी भएर एमसीसीको बिरोध गर्दै देश कंगाल पार्ने र युवाहरुलाई रोजगारीका लागि विदेश लखेट्ने राष्ट्रघाती कि नेपालमुखी भएर बीप्पा, बीआरआई, एमसीसी सहितका सबै स्वीकार्दै देश समृद्ध पार्ने र यवालाई स्वदेशमै राख्ने राष्ट्रघाती ?’ भट्टराई ट्विट गर्दै भनेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।