ताजा अपडेट »

रोटरी-रोट्याक्टद्वारा वन क्षेत्रमा वृक्षारोपण

शुक्रबार, २५ भदौ २०७८, २० : ५८
8 Shares

बुटवल । रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटान इन्भाइरोमेण्ट एण्ड प्रिजर्भ प्लाण्ट सब कमिटि र रिजन ५ अन्तर्गतका रोटरी रोट्रयाक्ट क्लबहरुको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । शुक्रबार एक कार्यक्रममा बीच देवदह साझेदारी वन व्यवस्थापन समूह देवदह नगरपालिका वडा नं. १० चरंगेमा रहेको वन क्षेत्रमा वृक्षा रोपण गरिएको हो । जसमा अगरउड, आँप, चन्दन, अमला, अर्जुन बाँस, टिक लगाएतका करिब ६०० विरुवा रोपिएको इन्भाइरोमेण्ट एण्ड प्रिजर्भ प्लाण्ट सब कमिटिका कोचेयर ध्रुवकुमार धितालले बताए ।

धितालले वातावरण संरक्षण, दिगो विकासको लक्ष्य प्राप्तिमा वृक्षारोपण र त्यसको संरक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताए। सो अवसरमा रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका डिजिएन राजेन्द्र प्रसाद ध्वजुले न्यू एरिया अफ फोकस अन्तर्गत वातावरण संरक्षणको काम गरेको बताउँदै सबै रोटरी क्लब मिलेर यसमा काम गर्न र त्यसमा डिष्ट्रिक्टको पनि सहयोग रहने बताए ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालयका रुपन्देहीका प्रमुख बोधराज सुवेदीले रोटरीले गर्ने मानवीय सेवाका काम संगै बातावरणको क्षेत्रमा पनि काम गर्न थालेकोमा सराहना गर्दै बनले रोटरीको यस्ता कायक्रमलाई सधै सहयोग गर्न तत्पर रहेको बताए । आगामी दिनमा पनि वृक्षारोपणमा आवश्यक विरुवा वन कार्यालयले उपलब्ध गराउने बताए । साझेदारी वनका अध्यक्ष अकवाल खाँले वन क्षेत्रमा रोटरी क्लबहरुले वृक्षारोपण कार्यक्रम नियमित गरेमा सहयोग गर्ने बताए।

यस्तै, कार्यक्रममा बोल्दै इन्भाइरोमेण्ट एण्ड प्रिजर्भ प्लाण्ट कमिटि को चेयर भुवान क्षेष्ठले वृक्षारोपणले वातावरण संरक्षणमा यसको महत्वपूर्ण योगदान हुने बताए । कार्यक्रम इन्भाइरोमेण्ट एण्ड प्रिजर्भ प्लाण्ट कमिटि को चेयर ध्रुवकुमार धितालको अध्यक्षता, एजि कृष्ण पाण्डेको स्वागत, रिजन–५ चेयर तथा वातावरण कमिटिका संयोजक वासुदेव घिमिरेको संचालनमा सम्पन्न भएको रिजन–५ पब्लिक इमेज चेयर गौतम भुसालले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।