ताजा अपडेट »

रुपन्देहीमा पनि राष्ट्रिय परिचय पत्र अभियान, सैनामैनाबाट सुरु हुने

शुक्रबार, २५ भदौ २०७८, २० : ५२
14 Shares

भैरहवा । व्यक्तिका परिचय प्रमाणिकरणको डिजिटल समाधान सहित आगामी दुई वर्षभित्र १६ वर्ष नाघेका सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य सहित सुरु भएको राष्ट्रिय परिचय पत्र वितरण अभियान रुपन्देहीमा सञ्चालन हुने भएको छ । जिल्लाका सबै स्थानिय तहमा सञ्चालन हुने अभियानको सुरुवात सैनामैना नगरपालिकाबाट हुने भएको छ ।

प्रत्येक पालिकाका प्रत्येक वडामा टोली खटाएर राष्ट्रिय परिचय पत्रको लागी विवरण संकलन गरिने छ । यसै बिषयमा जानकारी दिने उद्देश्यले आज जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा स्थानिय तहका प्रमुख, उप प्रमुख एवम प्रमुख प्रशासकिय अधिकृतहरु लाई गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ ।

विभागका तर्फबाट सुभाष ढकालले राष्ट्रिय परिचय पत्रको महत्वको बारे प्रकाश पार्दै अभियानलाई सफल बनाउन आव्हान गरे । ढकालले डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तर सम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व रहेको बताए ।

यसलाई सफलतापूर्वक आफ्नो देशमा लागू गराउने धेरै देशहरुको नीति रहेको र कतिपय देशमा यसको सफल प्रयोग समेत भईरहेको छ । विना भेदभाव सबै नागरिकहरुले यस्तो डिजिटल परिचयपत्र प्राप्त गर्नु भनेको राष्ट्रिय समावेशीकरणलाई समेत टेवा पु¥याउनु रहेको ढकालको भनाई थियो । नेपाल सरकारले २०६६/०६७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रको रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गरेको उनले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयिक्तक तथा जैविक विवरण समाबेस भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । दश अङ्कको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटा भन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटो र आँखाको नानीको तस्बिर सहितका सूचना सङ्कलन गर्ने गरिन्छ ।

राष्ट्रिय परिचय पत्रलाई मतदाता परिचयपत्रको रूपमा प्रयोग गर्नुको साथै ब्यक्तिको राष्ट्रिय पहिचानपत्रको रूपमा सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रुपमा लिईएको छ । यस्तै सामाजिक सुरक्षा कार्ड र सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा नागरिकलाई यसको फाईदा हुनेछ ।

अन्य सार्वजनिक सेवा सँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायहरुले झन्झट रहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुने ढकालको जिकिर छ । बहुउपयोगी भनिएको राष्ट्रिय परिचयपत्र प्रयोगमा आएसँगै नागरिकता, मतदाता परिचयलगायत नागरिकको परिचय खुलाउने कैयौँ परिचयपत्र बोक्नुपर्ने झन्झटको पनि अन्त्य हुने उनको विश्वास छ । राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाको छाप र व्यक्तिगत विवरण गरी १६ खाले सूचनाहरू हुने बताइएको छ ।

ढकालले रुपन्देहीमा अभियान सञ्चालन गर्दा यहाका पालिकाले रुजु गर्ने अधिकारीको साथै निवेदन फारम भर्ने स्वयम सेवकहरुको ब्यावस्थापन गर्न आग्रह गरेका छने । रुजु गर्ने अधिकारी र स्वयम सेवक ब्यवस्थापन भए पछि टोली खटाई राष्ट्रिय परिचय पत्र बितरण सुरु हुने उनले जनाए ।

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले परिचय पत्र बितरणका लागी आवश्यक पर्ने जनशक्ति र पूर्वाधार ब्यवस्थापनमा कुनै कमि हुन नदिई जिल्लामा अभियान सफल बनाउन आग्रह गरे ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा