२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

गण्डकी । गण्डकी प्रदेशस्तरीय सङ्क्रामक तथा सरुवा रोग अस्पतालले स्थापनाको १३ महिनामा ८५० कोरोनाका बिरामीको उपचार गरेको छ । अस्पतालका निर्देशक डा विकास गौचनका अनुसार प्रदेश सरकारले कोरोना सङ्क्रमणका प्रतिबिरामी एक लाख ३९ हजार बराबरको खर्च व्यवस्थापन भएको उल्लेख गर्दै गत आवमा रु ११ करोड ४१ लाख आर्थिक सहयोग प्राप्त भएको जानकारी दिए ।

Advertisement

पोखरा महानगरपालिका–३० मोहोरियामा सञ्चालित कूल ५० शय्याको उक्त अस्पतालमा हाल २७ कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहको छ। गण्डकी प्रदेशका अर्थमन्त्री राजमीप्रसाद बराल (जीवन) ले उक्त अस्पतालको आज स्थलगत निरीक्षण गर्दै सङ्क्रामक तथा सरुवा रोग अस्पताल सञ्चालनमा प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग रहने बताए ।

जनतालाई स्वस्थ राख्न र सरुवा रोगबाट बच्न र बचाउनका लागि पनि पूर्वतयारी आवश्यक रहने बताउँदै उनले अस्पतालको भौतिक पूर्वाधारसहितको स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश सरकारको पहिलो प्राथमिकता रहने स्पष्ट पारे ।

“सीमित स्रोतसाधन तथा जनशक्ति लिएर सकरात्मक ढङ्गले कोभिड रोकथाम र त्यसबाट सङ्क्रमितलाई बचाउन अस्पतालबाट भएको प्रयास प्रशंसनीय छ”, मन्त्री बरालले भने, “अप्ठ्यारो अवस्थामा पनि आफ्नो पर्वाह नगरी उपचारमा खटिनु हुने स्वास्थ्यकर्मीलगायतलाई सम्पूर्ण अस्पताल परिवारलाई धन्यवाद छ ।”

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा डा कृष्णप्रसाद पौडेलले मुठ्ठीदानबाट स्थापना भएको अस्पताललाई हाल प्रदेश सरकारले स्वामित्वमा लिएपछि अब कोभिडसँगै न्यूनतम २५/३० शय्याको जनरल(ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए  । रासस

प्रतिकृया दिनुहोस्

Flash News

गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर