ताजा अपडेट »

कांग्रेस महाधिवेशन : तिलोत्तमा नगरको सभापतिमा न्यौपानेको उम्मेद्वारी घोषणा

शुक्रबार, २५ भदौ २०७८, १८ : १७
2 Shares

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन सकिएलगत्तै पालिकाको निर्वाचनको सरगर्मी बढेको छ । कांग्रेसको पालिकाको निर्वाचनको लागि रुपन्देहीको तिलोत्तमा नगर सभापतिको लागि नारायण न्यौपानेले उम्मेद्वारी घोषणा गरेका छन् । यस्तै उपसभापतिमा अशोक कुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्यायले पनि उम्मेद्वारी घोषणा गरेका हुन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेद्वार न्यौपानेले आफूले संगठनलाई चलयामान बनाउन उम्मेद्वारी घोषणा गरेको बताए । उनले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गरि संगठनलाई अनुशासित रुपमा चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे । न्यौपानेले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । उनले आफूहरु कुनै गुट–उपगुट नभई साझा उम्मेद्वारी दिएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।