ताजा अपडेट »

अमेरिकामा सङ्क्रमित बालबालिका अस्पताल भर्ना हुने क्रम बढ्यो

शुक्रबार, २५ भदौ २०७८, १७ : १०
2 Shares

न्युर्योर्क । अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरुको सङ्ख्यामा बृद्धि भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको छ ।

अमेरिकामा देशभरी नै डेल्टा भेरिएन्ट फैलिएको छ । चिकित्सकहरुले पनि डेल्टा भेरिएन्ट र शैक्षिक सत्रकोसुरुवातका कारण धेरै बालबालिका सङ्क्रमित भएको बताएका छन् । अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले गत मंगलबार मात्रै दुई हजार ३९६ जना बालबालिका कोरोनाभाइरसका कारण अस्पताल भर्ना भएको जनाएको छ । यो सङ्ख्या निकै धेरै भएको पनि अधिकारीहरुले बताएका छन् । अमेरिकामा कोरोनाभाइरसको महामारी सुरु भएको समय सन् २०२० को अगस्टदेखि अहिलेसम्म कुल ५५ हजार बालबालिका कोरोनाका कारण अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरसका कारण मृत्यु भएका बालबालिकाहरुको सङ्ख्यामा पनि बुद्धि हुदै गएको पाइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ५२० जनाको मृत्यु भइसकेको छ ।- सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।