ताजा अपडेट »

हत्यारा पत्ता नलाग्दा स्थानीय त्रसिद, डरले छिमेकीले घर छाडे

शुक्रबार, २५ भदौ २०७८, १६ : २६
4 Shares

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका वडा न। १ उम्लिङका तेजबहादुर कार्की सहित छ जनाको हत्या भएको पाँच दिन बितिसकेको छ । उता स्थानीय बासिन्दा भने घटनाबारे केही निस्कर्ष आउन नसकेपछि त्रसिद बनेका छन् ।

बौदमानका केही छिमेकीहरु डरले घर समेत सर्न थालेको स्थानीय शिक्षक तेजबहादुर बस्नेतले बताए । बौदमानका छिमकी घर सरेर उम्लिङ स्कूल नजिकै गएकोे उनले जानकारी दिए । अपराधी पत्ता नलागेसम्म गाउँलेहरुमा डर हुने साँझको समयमा दिसापिसाब गर्न बाहिर निस्कन डराउने उनको भनाई छ । उनले अपराधी चाँडै पत्ता लाग्छन् भन्ने कुरामा आफुसँगै गाउँलेहरुले आशा गरेको बताए । तेजबहादुर उम्लिङ स्कुलका शिक्षक थिए । एकै परिवारका यति ठुलो सङ्ख्यामा हत्या भएपछि डरले बस्न नसक्ने भएर छिमेकीले घर सरेको हुन सक्ने उनको बुझाई छ ।

स्थानीयले एकै परिवारका छ जनाको हत्या योजनावद्ध तरिकाले भएको हुनसक्ने अनुमान गरेका छन् । योजनावद्ध नभएको भए यतिका ठूलो सङ्ख्यामा हत्या हुँदा घटनाथलमा केही साना तथ्य फेला पर्नसक्ने स्थानीयले आशंका गरेका छन् ।

कसरी हत्याभयो भन्ने अझै खुलेन

अनुसन्धानका क्रममा फेला परेको शव र प्रत्येक शवको प्रकृतिलाई नियालेर हेर्दा सवैको टाउकोमा चोट देखिएको भए पनि अझै पनि कुन हतियारको प्रयोग भयो भन्नेमा स्पष्ट रुपमा खुल्न सकेको छैन । धारीलोे हतियार प्रयोग गरी हत्या गरिएको भनिए पनि स्थानीय र प्रत्यक्षदर्शीले धारिलो हतियार नभई ढुङ्गा, चिर्पट हम्मरको प्रयोग गरेर हत्या गरेको हुन सक्ने आंकलन गरेका छन् । तर अहिलेसम्म हत्यामा प्रयोग भएका कुनै बस्तु फेला नपरेकोले घटना झनै रहस्यमय बन्दै गएको स्थानीयले बताएका छन् ।

घटनास्थलमा प्रहरीले निरन्तर अनुसन्धान फराकिलो पारेपनि अहिलेसम्म कुनैपनि तत्थ फेला नपरेको प्रहरीले बताएका छन् । घटना भएको चार दिन वितिसकेको छ । अनुसन्धान निरन्तर अगाडि बढीरहेको छ । निरन्तर अनुसन्धानमा जुटिरहँदा पनि घटना स्थलमा हत्यामा संलग्न भएको कुनै बस्तुहरु फेला नपरेको प्रहरीले बताएको छ । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

ठूलो संख्यामा प्रहरी परिचालन

उक्त रहस्यमय घटना अनुसन्धानको लागि सङ्खुवासभा प्रहरीको टोली, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० प्रदेश १ प्रहरी कार्यालय विराटनगर, संघिय इकाई प्रहरी कार्यालय धरान र प्रदेश १ प्रहरी प्रमुख डीआइजी अरुणकुमार बीसीको समेतको चार टोलीले घटना अनुसधान अघि बढाउदै अपराधीको खोजी गरिरहेको छ । स्थानीयहरुसँग सोधपुछ गर्दै आएपनि निस्कर्ष भने आउन नसकेको प्रहरी अधिकारी बताउँछन् । घटनास्थलमा ४० भन्दा बढी प्रहरी परिचालन गरिएको जनाइएको छ ।

घटनास्थलमा तालिम प्राप्त कुकुरबाट अनुसन्धन भए पनि निरन्तर वर्षाका कारणले धेरै प्रमाण नष्ट भएकाले हत्यारा पत्ता लाग्न नसकेको प्रहरीको तर्क छ । मादी नगरपालिका वडा न। १ उम्लिङ स्थित खोलागाउँका बौदमान कार्कीको श्रीमती ८४ वर्षिय पार्वता काकी, बुहारी ५२ वर्षिय कमला कार्की र नातीनी बुहारी ३२ वर्षिय रञ्जना कार्की, ११ वर्षिय नाती दिपेन कार्की र ७ वर्षिय नातीनी गोमा कार्की सोमबार एकै दिन मृत अवस्थामा फेला परेको थियो ।उक्त घटना भएको चार दिन वितिसक्दा पनि कुनै तत्थ फेला नपरेको भन्दै स्थानीय र आफन्तले हत्या योजनावद्ध भएको आशंका गरेका हुन् ।

भाग्दाभाग्दै मारिएको आशंका

घटना अनुसन्धानका क्रममा घरभन्दा करिब एक सय मिटर पर सडकको भित्तामा फेला परेको तेजबहादुरको शवको प्रकृति हेर्दा कोखामा रड प्रहार गरेको जस्तो प्वाल देखिएको र भित्ता मास्तिर उनको फोन भेटिएकोले भाग्दा भाग्दै मारिएको जस्तो अवस्थामा रहेकोे थियो । त्यस्तै ५२ वर्षीय कमला र ३२ वर्षीय रञ्जना कार्कीको टाउकोमा चोट भएकाले उहाँहरुलाई ढु्ङ्गा र चिर्पट, हम्मर प्रयोग गरि हत्या गरेको हुनसक्ने त्यस्तै ११ वर्षिय दिपेन कार्कीको टाउकोमा चोट देखिएको र ७ वर्षीय गोमा कार्कीको मुन्टो बटारेर मारिएको जस्तो अवस्थामा शव फेला परेको र ८४ वर्षिय पार्वता कार्कीलाई कुँडो पकाउँदा पकाउँदै मारिएको जस्तो अवस्थामा शव फेला परेको प्रत्यक्षदर्शी, स्थानीय, जनप्रतिनिधि लगायत प्रहरीले अनुमान गरेका छन् ।

तेजबहादुर मात्रै नभई सवैलाई लखेट्दै मारेको हुुन सक्ने आशकां गरिएको छ । उक्त दिन तेजबहादुरले धान गोड्ने खेताला बोलाएकाले उनी विहानै घरबाट निस्किएर खेततिर हिँडेकोे हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तेजबहादुरको खुट्टामा गमबुट पनि भेटिएको थियो । हत्यारा खोल्सिमा लुकेर बसेको अवस्थाबाट तेजबहादुरलाई आक्रमण गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको बताइएको छ । तेजबहादुरमाथि आक्रमण भएको देखेपछि सवै तेजबहादुरलाई बचाउन जाँदा अन्यको पनि हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । भने छरछिमेकी कसैले पनि चिच्याएको अथवा होहल्ला गरेको नसुनेको स्थानीय बताउँछन् । तर छिमेकीले घटना भएको सोमबार थाहा पाएका थिए।

घरका सवैजना आईतबार साँझ खाना खाएर सुतेको घटनाबाट बाँच्न सफल बौदमान काकीै बताए । विहान उठ्दा घरमा कोहि नभएकोले सवैजना काममा गएहोला सोचे तर उनकी श्रीमती पार्वता कार्की लडिरहेको अवस्थामा देखेको उनको भनाइ छ । पार्वतलाई मुर्छा पर्ने विराम रहेकाले बौदमानले त्यहि होला सोचेर ओछ्यानतिरै फर्केको बताए । त्यहि वेला भतिजो आइपुगेर पार्वता लाई घरभित्र खाटमा लगेर सुताएको बौदमानले बताए । तर उनले घटना कति वेला भयोयो केहि थाहा नभएको बताए । बौदमान आखाँ नदेख्ने र हल्का कान सुन्न नसक्ने अवस्थाका छन् । साथै सो परिवारको कसै छरछिमेकीसँग पनि दुस्मनी नरहेको सुनाउँछन् ।

डाका गर्न आएकाहरुले हत्या गरेको हुनसक्ने आशंका गरेपनि घटनापछि घरको खानतलासी गर्ने क्रममा नगद र जिन्सी भेटाएकोले रिसइबीका कारण हत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ । हत्या चिनजानकै व्यक्तिबाट भएको हुनसक्ने प्रहरीको वुझाई छ । हत्याको मुख्य प्रमाणको रुपमा हेरिने ‘पोष्टमार्टम रिपोर्ट’ को पर्खाइमा रहेको छ । ज्यान गुमाएका छ जनाको पोष्टमार्टम विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । पोष्टमार्टम पछि बुधबार साँझ इटहरी स्थित बूढीगंगा जमुनाघमटमा दाहसँस्कार गरिएको छ । अन्तिम सँस्कारका लागि तेजकहादुर कार्कीका कान्छा छोरा रमेश कार्की दुवैबाट आइ पुगेका छन् ।-गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।