४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

काठमाडौँ । कुनै पनि व्यक्तिको मनभित्र चलिरहेको उथलपुथललाई बुझ्न सजिलो हुँदैन । कुनै पनि व्यक्तिको मनभित्र भएका डिप्रेशनको लक्षण पत्ता लगाउन निकै मुश्किल हुन्छ । मुस्कुराहतभित्र लुकेको हारको भावना सजिल्यै बाहिर देखिदैन । धेरैजसो उदास व्यक्तिहरुको मनमा बारम्बार आत्महत्याको सोच आउने गर्छ । त्यसैले, आफ्ना साथीहरुमध्ये कोही यस्तो अवस्थाबाट गुज्रिरहेका छन् भने तपाईंले भावनात्मक रुपमा सहयोग गर्न सक्नुहुन्छ ।

Advertisement

उदास व्यक्ति आत्महत्याको तरिकाका बारेमा सोचिरहन्छ । देखभाल र भोकको कमिका कारण उनको तौल कम भइरहेको हुन्छ । डिहाइड्रेड देखिन्छ । डिप्रेसनबाट पीडित व्यक्तिहरुले आत्महत्या गर्ने सम्भावना २० गुना बढी हुन्छ । हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या र रोकथामको विषयमा जागरुकता फैलाउने गरिन्छ ।

आत्महत्यालाई रोकथाम गर्न सकिन्छ । सुरुवाती स्तरमा डिप्रेशनको पहिचान गर्न सकिएमा असहाय व्यक्तिको उपचार गर्न सकिन्छ । डिप्रेशन मानसिक रोगको आम समस्या हो । यो सबै उमेरका व्यक्तिमा हुन्छ । मनोवैज्ञानिक, पर्यावरणीय, सामाजिक र जेनेटिक फ्याक्टरका कारण यो समस्या हुन्छ ।

डिप्रेशनमा जेनेटिक्सको भूमिका धेरै हुन्छ । पारिवारिक रुपमा यो समस्या हुने गर्छ । भिटामिन बी १२ र भिटामिन डीको कमि पनि डिप्रेशनसँग सम्बन्धित हुन्छ । मधुमेह, हाइपोथायरायडिज्म, क्रोनिक बिरामी जस्ता पार्किंसन, एचआईभीले पनि डिप्रेशन पैदा गर्छ ।

उदास हुनु, चिडचिडाहट हुनु, मन दुखी हुनु, सामान्य कामकाजमा दिलचस्पी नहुनु, विनाकारण थकाइ लाग्नु, धेरै सुत्नु ९हाइपरसोमिया० वा कम सुत्नु ९इनसोमनिया०, भोक लाग्नु , कम भोक लाग्नु, तौलमा घटबड हुनु, यौन इच्छामा कमि आउनु, निराशा, असहाय, व्यर्थ महसुस गर्नु र आफूलाई नै नोक्सान गर्ने विचार आउनु डिप्रेसनका लक्षणहरु हुन् ।

डिप्रेसनमा भएका व्यक्तिहरुसँग कुराकानी गर्ने गर्नुपर्छ । आफ्ना साथीभाई, आफन्तमध्ये कसैलाई यस्तो समस्या भएमा खुलेर कुराकानी गर्ने गर्नुस् । उनीहरुसँग डिप्रेसनको विषयमा यसको लक्षणको बारेमा भन्नुभन्दा संवेदनशील र गैर–निर्णयात्मक तरिकाले कुराकानी गर्नुस् ।

डिप्रेसनबाट ग्रस्त व्यक्तिको कुराकानी सुन्नुपर्छ । उनीहरुको कुराकानी धैर्यतापूर्वक सुन्ने गर्नुपर्छ । उनीहरुको कुरा सुन्ने र भावनात्मक रुपमा साथ दिने गर्नुपर्छ ।-एजेन्सी

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

प्रचण्डले फेरि पूर्ण समानुपातिक निर्वाचन प्रणाली भन्नुको अर्थ के ? पूर्वप्रधानमन्त्री ओलीकाे कुरा सुन्दा करिश्मालाई आनन्द बढ्यो सुनको मूल्य बाढीपहिरोको अनुगमन गरेर थप राहतको व्यवस्था हुन्छः प्रधानमन्त्री महिला मेयर कप : राष्ट्रिय खेलाडी प्रेरित बागमतीको विजयी सुरुआत बाग्मती प्रदेशसभाको बैठक अन्याेलमा, एमाले सांसद अनुपस्थित हुने सीडीओ र एसपी तासमा मग्न भिडियो सार्वजनिक भएपछि… अवरुद्ध सिद्धार्थ राजमार्ग चालु नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना बुटवलमा काटेर राखिएका ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै