ताजा अपडेट »

माओवादी अध्यक्ष प्रचण्ड र एमसिसी उपाध्यक्ष फतिमाबीच भेटवार्ता

शुक्रबार, २५ भदौ २०७८, ०९ : ५६
4 Shares

काठमाडौं ।  अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। चार दिने नेपाल भ्रमणमा रहेकी उनले शुक्रबार बिहान खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेकी हुन्। फतिमाले विहीबार प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीलाई भेटेर भेट यात्रा सुरू गरेकी थिइन्।

यस्तै उनले विहीबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि भेट गरेकी थिइन्।उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।