ताजा अपडेट »

एक समलिङ्गीले अभिनय गरेको भिडियो विज्ञापनले किन यति धेरै चर्चा पाइरहेको छ?

शुक्रबार, २५ भदौ २०७८, ०९ : ४६
4 Shares

भारतमा अहिले ज्वेलरी ब्रान्डको एक विज्ञापनलाई लिएर निकै चर्चा भइरहेको छ। एक समलिङ्गी मोडेलले खेलेको भिडियो विज्ञापनमा समलिङ्गीकै सुन्दर तवरबाट प्रस्तुत गरिएको कथाले गर्दा यसले चर्चा पाएको हो।

एक मिनेट ४० सेकेन्डको सो भिडियो विज्ञापनमा एक समलिङ्गी युवतीको कथालाई देखाइएको छ। विज्ञापनको सुरुमा एक युवकलाई देखाइन्छ। जसको अनुहारमा झुस्स दारी आएको छ। जो निराश देखिन्छ, एक्लो देखिन्छ, मन नै खिन्न भएको व्यक्तिजस्तो देखिन्छ। खासमा उनी समलिङ्गी हुन्छन्। अर्थात् केटा देखिएपनि केटीको इच्छा हुने भाव हुन्छ।

उनलाई उनको परिवारले उपहारस्वरूप सुनका गरगहना ल्याइदिएको हुन्छ। उनी उपहार देखेर अलकति खुसी त हुन्छन्, तर पूर्ण रूपमा खुसी देखिन्नन्। तर, उनको परिवारको निरन्तरको साथ र मायाले उनी एक सुन्दर दुलहीमा परिणत भएको र उनले पूर्ण रूपमा खुसी पाएको त्यही १ मिनेट ४० सेकेन्डको भिडियो विज्ञापनमा देखाइन्छ।

यो भिडियो विज्ञापनमा २२ वर्षीया मीरा सिंघानिया रेहानीले मुख्य भूमिका निभाएकी छन्। केरलाको आभूषण कम्पनी ‘भीमा ज्वेलरी’ को उक्त विज्ञापनमा एक समलिङ्गी महिलाले परिवारमा पाएको स्वीकृति र मायालाई देखाउने कोसिस गरिएको छ। यो भिडियो विज्ञापनको शीर्षक ‘प्योर एज लभ’ अर्थात ‘मायाजस्तै शुद्ध’ राखिएको छ। गत अप्रिलमा रिलिज भएको यो विज्ञापनलाई युट्युबमा नौ लाखभन्दा धेरैपटक र इन्स्टाग्राममा १४ लाखपटक हेरिएको छ। यो विज्ञापनले धेरै तारिफ पाइरहेको छ।

समलिङ्गी मानिसहरूको पीडा

मीरा दिल्ली विश्वविद्यालयमा अध्यनरत समाजशास्त्रकी विद्यार्थी हुन्। उनी ‘पार्ट टाइम मोडेल’ पनि हुन्। उनी दुई वर्ष पहिले आफ्नो परिवारबाट अलग बस्न थालेकी थिइन। उनले पहिलोपटक यो विज्ञापनकोबारेमा सुनेपछि मनमा डर तथा शंकाहरू उब्जिएका थिए।

उनले भनेकी छन्, ‘म मेरो समलिङ्गी पहिचानलाई कसैले व्यावसायिक रूपमा उपयोग गरोस् भन्ने चाहन्नथेँ। विज्ञापनमा जीवन परिवर्तन भएको देखाउनुपर्ने थियो । जुन कुरालाई लिएर म नर्भस भएकी थिएँ। र, यी परिवर्तनअघि म एक दारी भएको केटाकोजस्तो देखिनुपर्ने थियो। जुन मेरा लागि चुनौतीको विषय थियो।’‘तर, मैले यो विज्ञापनको सबै कथा पढेँ। विज्ञापन फिल्मको निर्देशकको बारेमा अध्ययन गरेपछि मैले हुन्छ भनिदिएँ। र, यसमा काम गरेकोमा म खुसी छु।’

एक आँकडाका अनुसार भारतमा २० लाख समलिङ्गी मानिसहरू छन्। सन् २०१४ मा सर्वोच्च अदालतले समलिङ्गी मानिसहरूले पनि अन्य मानिसहरू सरहकै अधिकार हुने फैसला सुनाएको थियो। तर, अदालतको फैसलाकाबाबजुद पनि उनीहरूको पीडा अझै उस्तै छ।
समलिङ्गी हुनुलाई अझै पनि समाजमा कलंकको रूपमा लिने गरिन्छ। मीरा भन्छिन,‘यो विज्ञापन फिल्मकोबारेमा विवाद हुनसक्छ किनकि यसमा एक हिन्दू विवाहको चित्रण गरिएको छ। जसले परम्परागत पितृसत्तात्मक प्रणालीलाई चुनौती दिन्छ।’

केरलाको समलिङ्गी नीति

धेरैजसो समलिङ्गीलाई उनीहरूकै परिवारले बहिस्कार गर्छ। उनीहरूमध्ये अधिकांशले विवाह र बच्चाहरूको जन्ममा नृत्य र गायन गरेर आफ्नो जीविका चलाउँदै आएका छन्। समलिङ्गीका लागि भारतको केरलामा सबैभन्दा राम्रो ठाउँ मानिन्छ।

केराले भारतमै पहिलोपटक सन् २०१५ मा समलिङ्गी नीति ल्याएर समलिङ्गीहरूमाथि हुने भेदभाव अन्त्य गर्ने प्रयास गरेको थियो। तर, अझैपनि केरलामा समलिङ्गीलाई हेर्ने नजरमा भने खासै परिवर्तन भएको छ।

समलिङ्गीलाई मुख्य भूमिका दिएर बनाइएको विज्ञापनले आलोचना पनि सामना गरिरहेको छ । तर, आलोचनालाई सकारात्मक प्रतिक्रियाले जितेको छ। कतिपयले यसलाई ‘क्रान्तिकारी’ को रूपमा व्याख्या गरेका छन् भने कतिपयले आफूहरूको कथा प्रस्तुत गरेको बताएका छन्।

‘गेम चेन्जर हुनसक्छ’

भारमा समलिङ्गी मानिसहरूलाई हास्य कलाकारका रूपमा चित्रण गरिन्छ। भिडियो प्लेटफर्म ‘फायरवर्क’ की ब्रान्ड स्ट्राटेजिस्ट सुधा पिल्लई भने यो विज्ञापन ‘गेम चेन्जर’ हुनसक्ने बताउँछिन्। उनी भन्छिन्,‘विज्ञापन र टिभी सिरियलहरूको प्रभाव फिल्महरूभन्दा धेरै छ।

उनीहरू बारम्बार मानिसहरूको घरहरूमा देखाइन्छन्, र उनीहरूसँगमानिसहरूको विचारलाई प्रभावित गर्ने शक्ति हुन्छ। सुरुमा उनीहरूकाबारेमा थोरै हिचकिचाहट हुन सक्छ। तर, यो एक ‘गेम चेन्जर’ हुन सक्छ।बीबीसी 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।