ताजा अपडेट »

संसदमा आज बजेटको प्रतिस्थापन विधेयक पेस गर्ने सरकारको तयारी

शुक्रबार, २५ भदौ २०७८, ०८ : ५२
4 Shares

काठमाण्डाै। सरकारले आजको संसद बैठकमा चालु वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ ।

अस्ति बुधबार नै बजेट अध्यादेश संसदमा पेश गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हुन सकेको थिएन । आज पनि एमालेको अवरोध कायमै रहने संकेत देखिएको छ । तर अस्ति एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो । यसअघिको सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित र अपरिपक्व घोषणाहरु हटाएर न्यूनतम साझा कार्यक्रमअनुसार प्रतिस्थापन विधेयक ल्याइने नेताहरुको भनाइ छ ।

प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी भएपछि चालू बजेटको निकासा रोकिएको छ । महालेखा नियन्त्रकको कार्यालयले हिजो पत्राचार गर्दै अनिवार्य दायित्वबाहेकका खर्च र निकासा रोकेको हो । प्रतिस्थापन विधेयक ल्याउन अहिलेको अध्यादेश स्वीकृत हुनुपर्छ । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्रै प्रतिस्थापन विधेयक ल्याउनुपर्ने व्यवस्था छ । संसदमा बजेट अध्यादेश दर्ता भएको ६० दिन पुग्न अब एक हप्ता मात्रै बाँकी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।