२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

काठमाडाै। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू अनिर्णीत बनेका छन् । प्रायःजसो दलपिच्छे धारणा दिँदै आएका गठबन्धन आबद्ध दलहरू सरकारको साझा धारणा के हुने भन्ने निष्कर्षमा पुग्न सकेका छैनन् ।

Advertisement

सो विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको गठबन्धन आबद्ध दलको बैठक बिनानिष्कर्ष टुंगियो । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोली बिहीबार नेपाल आएसँगै सत्तारूढ दलमाथि एमसीसीका विषयमा निर्णय गर्न दबाब बढ्दै आएको छ । सो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी प्रतिनिधि मण्डलको टोलीले शुक्रबार (आज) भेट वार्ता गर्दै छ ।

प्रधानमन्त्री देउवाले सोही कारण एमसीसीबारे साझा धारणा बनाउन भन्दै बैठक बोलाएका थिए । तर, बैठकमा गठबन्धन आबद्ध दल जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएपछि कुनै निष्कर्ष आउन सकेन ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालनलगायतका विषयमा भने छलफल भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । ‘एमसीसीका विषयमा कुनै कुरा भएन, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालनलगायतका विषयमा छलफल भयो । यी विषयमा भने गठबन्धनमा रहेका दलका साझा धारणा बनाउने विषयमा छलफल भयो,’ गृहमन्त्री खाँणले बैठकपछि भने ।

बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ हुँदा सरकारको आलोचना बढेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई छिटो निर्णय दिन आग्रह गरेका थिए ।बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसीसहितका समग्र राजनीतिक विषयमा छलफल गर्न शुक्रबार बिहान ९ बजे पुनः बैठक बोलाइएको जानकारी दिइन् ।राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार