ताजा अपडेट »

रुपन्देहीमा ठूलो मात्रामा कटिङ्ग सुपारी बरामद

विहीबार, २४ भदौ २०७८, १९ : ५८
4 Shares


भैरहवा । शसस्त्र प्रहरीले भैरहवाबाट ठूलो मात्रामा कटिङ्ग सुपारी बरामद गरेको छ । बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण हेक्वा रुपन्देहीबाट खटिएको टोलीले १ हजार किलो कटिङ्ग सुपारी बरामद गरिएको शसस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीले जानकारी दिए ।

आज ५ बजेको समयमा सिद्धार्थनगर नगरपालिकाको सीमा ईलाका हुँदै अबैध रुपमा भारततर्फ कटिङ्ग सुपारी चोरी निकासी हुँदैछ भन्ने बिशेष सुचना आएको थियो । सोही सुचनाको आधारमा गणका सशस्त्र प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको कमाण्डमा खटिएको ९ जनाको स्क्वार्ड टोलीले उक्त परिमाणको सुपारी बरामद गरेको हो ।

भुजौलीको सीमा ईलाकाबाट २० वटा बोरामा लुकाई छिपाई चोरी निकासी गर्न लागेको अन्दाजी मुल्य ६ लाख रुपैया बराबरको बेबारिसे १ हजार किलो कटिङ्ग सुपारी बरामद गरेको र उक्त कटिङ्ग सुपारी भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाएको उप्रेतीले जनाए ।

साथै उक्त कटिङ्ग सुपारीलाई कहाँबाट ल्याएको र ओसार–पसार कार्यमा को–को संलग्न छन् भन्ने बिषयमा थप अनुसन्धान भई रहेको शसस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।