ताजा अपडेट »

रुपन्देहीमा १४ लाख ९० हजार बराबरका अस्ट्रिचका बच्चा बरामद

विहीबार, २४ भदौ २०७८, १७ : ४४
4 Shares

बुटवल । रुपन्देहीमा करीब १४ लाख ९० हजार अस्ट्रिजका बच्चा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अुनसार नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको करीब १४ लाख ९० हजार बराबरको अस्ट्रिजका बच्चासहित बच्चा ओसार्न प्रयोग गरिएको पिकअप रोहिणी गाउँपालिका २ मैनिहवाबाट नियन्त्रणमा लिईएको हो ।

लु ३ च १९१३ नं.को पिकअपमा १८ वटा अस्ट्रिजको बच्चा रहेका थिए । फेला परेका अबैध अस्ट्रिजको बच्चा र गाडी आवश्यक कारवाहीको लागि बिहीबार पशु सेवा क्वारेन्टाईन बेलहियामा पठाईएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।