२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बिपी कोइरालाले निर्धारण गरेको मार्ग अवलम्बन गर्दैै नेपाली समाजलाई प्रजातान्त्रिक समाजवादको मार्गबाट समुन्नतिको शिखरमा पुर्याउन सबै लाग्नुपर्ने बताएका छन् ।

Advertisement

कांग्रेसका संस्थापक, विसं २००७ का जनक्रान्तिका नायक तथा प्रथम निर्वाचित प्रधानमन्त्री कोइरालाको १०८औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देशमार्फत उनले सो प्रतिबद्धताका साथ पार्टीको १४औँ महाधिवेशनमा सक्रिय पार्टीका नेता कार्यकर्ताहरूमा शुभकामना व्यक्त गरेका छन् ।

प्रजातान्त्रिक समाजवादका प्रणेता बिपीले स्थापित गर्नुभएका मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै अगाडि बढेकाले नै कांग्रेस मुलुकलाई गति र दिशा दिने भरपर्दो र लोकप्रिय राजनीतिक दलका रूपमा स्थापित भएको उनको भनाइ छ ।

लोकतन्त्रप्रतिको अविचलित आस्था र यसको स्थापना, पुनःस्थापना र संरक्षण तथा विकासमा कांग्रेसका नेता तथा कार्यकर्ताले गरेको त्याग र बलिदानका कारण कांग्रेस नेतृत्वमा विसं २०४६ को जनआन्दोलनमार्फत मुलुकमा बहुदलीय संसदीय व्यवस्थाको पुनःस्थापना सम्भव भएको डा महतले उल्लेख गरेका छन्।

साथै विसं २०६२-६३ को शान्तिपूर्ण आन्दोलनमार्फत निरंकुश राजतन्त्र पराजित हुन गई संविधानसभा बैठकले गणतन्त्र स्थापना गरेको र कांग्रेसको नेतृत्वमै सङ्घीयता, गणतन्त्र, समावेशितासहितको संविधान जारी गर्न सफल भएको गौरवपूर्ण स्वर्णिम इतिहास रच्न सकेको यथार्थलाई उनले स्मरण गरेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया आरम्भ भइसकेको र वडा तहमा नेतृत्व र प्रतिनिधि निर्वाचित भइसकेको यस अवसरमा यसपटकको बिपी जन्मजयन्तीको विशेष महत्व रहेको उनले बताएका छन् । यसले हामीलाई बिपीले स्थापित गर्न चाहेको समाजका मूल्य, मान्यता, आदर्शप्रति प्रतिबद्ध रही समाजसेवा गर्न प्रेरित गर्ने विश्वास लिएको सहमहामन्त्री डा महतले सो सन्देशमा उल्लेख गरेका छन् । रासस

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार