ताजा अपडेट »

एमसीसीकी उपाध्यक्ष फातिमाले को-को नेतालाई भेट्दै छिन् ?

विहीबार, २४ भदौ २०७८, ११ : १७
6 Shares

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमारले शीर्ष नेताहरुले भेट्ने कार‍्यसूची रहेको छ। संसद्मबाट एमसीसी पास गर्ने वा फेल गर्ने बहस चलिरहेको बेला उपाध्यक्ष सुमार नेपाल भ्रमणमा आएकी हुन्।

उनले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भटटराई, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ। 

उनी बिहीबार बिहान कतार एयरको जहाजबाट त्रिभुवन विमानस्थल आइपुगेकी हु्न्। नेपालमा दैनिक एमसीसीको विरोधमा प्रदर्शन भइरहेकाले विमानस्थलको सुरक्षा अत्यत्नै कडा पारिएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।