२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

बुटवल । प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो सोसल ह्यान्डल (सामाजिक सञ्जाल) फेसबुकमा राखेको तीजको शुभकामनाको प्रतिक्रियामा अधिकांश एमसिसि पारित नगर्न आग्रह गरिएका छन्। देउवको उक्त पोस्टमा कमेन्ट गर्ने अधिकांशले एमसिसि नेपालको लागि घातक हुने बताउँदै पारित भएमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।समाचार तयार पार्दासम्म ३ हजार १ सय लाईक र करिब ५ सय कमेन्ट तथा ५३ शेयर थिए। शेयर गरिएका पोष्टमा नराम्रो प्रतिक्रिया नआएपनि प्रधानमन्त्री देउवाको फेसबुकको पेजको कमेन्टमा भने एमसिसिको विरोधमा लेखिरहेका छन्। 

Advertisement


कमेन्ट गर्ने मध्यका एक भानुभक्त जोसीले पनि तीजको शुभकामना संगै एमसिसिलाई सच्याउनुपर्ने बताउँछन् । उनले फेसबुकमा लेखेका छन्, –‘ शुभकामना छ, पिएम जी, यो तीज संगै एमसिसिका बुँदाहरू सच्चाउनु पर्‍यो। मलाई देशको कुनै कानामा लगेर काट्नुस् र मेरा खुलका छिटा लगेर एमसिसि विरुद्धको पत्र लेखेर अमेरिका पठाइदिनुहोला । एमसिसि मुर्दावाद । ’उनको यो प्रतिक्रियामा मात्रै समाचार तयार पार्दा सम्म १५ जनाले समर्थन जनाएका छन् । 


प्रतिक्रिया दिने प्रदीप रिमालको पनि चर्चित प्रतिक्रिया छ, उनले लघुकथा मार्फत देश र देशमा भएका नेताहरूलाई गिद्धको र जनतालाई भेडाको संज्ञा दिएका छन्। उनको प्रतिक्रियाको अन्त्यमा यसो लेखिएको छ – हाम्रो देशका नेताहरूको गिद्धको जस्तो बुद्धि अनि जनताको भेडाको जस्तो बुद्धि भएको हुनाले देश बर्बाद हुनेभयो , नेताहरू जनता मार्ने नयाँ-नयाँ उपाय लगाउदै छन्, जनताहरू नेताहरूको लहैलहैमा मर्न र मार्न सजिलै तयार छ्न् । देश कुन दिशातिर जाँदैछ भन्ने कुरा ठ्याक्कै भन्न कसैले नसक्ने स्थितिमा छ । पशुपतिनाथले सबैको रक्षा गरून् भन्नु भन्दा अरु कुनै विकल्प देखिदैन। नो एमसिसि। 


केही दिन अगाडि गृह मन्त्रालयले एमसिसिको विरोधमा प्रतिक्रिया दिन नपाउने भनेपनि जनताले सामाजिक सञ्जाल मार्फत एमसिसि कार्यान्वयन हुन नदिन दबाब  सिर्जन गरिरहेका छन् । यसैबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन्। एमसीसी परियोजना कार्यान्वयन भएका देशहरूमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी कतार हुँदै नेपाल आउन लागेकी हुन्।

प्रतिकृया दिनुहोस्

Flash News

आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु जसपाका केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता-अभिनेत्री नातिनीको स्याहार पाउने १०१ वर्षीय भाग्यमानी बाजे ! मधेशमा महिला हिंसा : घटनाकाे ग्राफ बढे पनि उजुरी बढेन भगवती मन्दिरमा चढाइयो ६ सय ६९ राँगाको बलि