२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

भैरहवा। १४ औ महाधिबेसन अन्तरर्गत रुपन्देहिको सिद्धार्थनगर नगरपालिकामा निर्वाचित नेपाली काङ्ग्रेसका वडा सभापतिहरुलाइ सम्मान गरिएको छ । १३ वटा वडा मध्ये ११ मा सर्वसम्मत र २ वटामा निर्वाचन मार्फत नेतृत्व चयन भएको थियो ।

वडा कमिटी काङ्ग्रेसको मुख्य जग भएको र वडामा नेतृत्व गर्नेलाइ हौसला प्रदान गर्ने उदेश्यले पहिलो पटक वडा सभापति र सहज रुपमा नेतृत्व हस्तान्तरण गर्ने निबर्तमान सभापतिहरुलाइ एकै पटक सम्मान गरिएको हो । १४ औ महाधिबेसनमा नगर सभापतिका प्रत्यासी कोशिस खड्काको अगुवाइमा भएको कार्यक्रमको सभापतित्व नेपाली काङ्ग्रेस रुपन्देहिका कोषाध्यक्ष दिपक न्यौपानेले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काङ्ग्रेस रुपन्देहिका सचिव रामकृष्ण खाणले १४ औ महाधिबेसन एकताको महाधिबेसन भएको भन्दै निर्वाचित र निबर्तमान सभापतिहरुलाइ सम्मान गर्नु पनि एकताको सन्देस भएको बताए ।

गुट उप गुटले काङ्ग्रेसलाई कमजोर बनाउने भन्दै उनले भैरहवामा यसकिसिमले गरेको सम्मान एउटा उदाहरणिय भएको र यस्ता कार्यक्रमले काङ्ग्रेसलाई एक ढिक्का बनाउने बिस्वस व्यक्त गरे । कार्यक्रममा संविधान सभाका सद्स्य इस्तियाक अहमद खान, जयतुननिसा खान, काङ्ग्रेस नेताहरु सुरेन्द्रजग थापा, राम किसन बिक, देबि प्रसाद चौधरी, महेन्द्र कुमार, सुदर्सन नेपाल, लेखनाथ भट्टराई, यम बहादुर राना लगायतको सहभागिता रहेको थियो । सो अबसरमा बोल्दै नगर सभापतिका दाबेदार लेखनाथ भट्टराई र यम बहादुर राना ( माइलाले) आफ्नो उम्मेदवारी फिर्ता लिदै कोसिस खड्कालाई समर्थन गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु जसपाका केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता-अभिनेत्री नातिनीको स्याहार पाउने १०१ वर्षीय भाग्यमानी बाजे ! मधेशमा महिला हिंसा : घटनाकाे ग्राफ बढे पनि उजुरी बढेन भगवती मन्दिरमा चढाइयो ६ सय ६९ राँगाको बलि