ताजा अपडेट »

नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण फुटबल आज हुँदै

विहीबार, २४ भदौ २०७८, ०८ : ४१
8 Shares

काठमाण्डाै ।  नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण फुटबल आज हुँदै छ । खेल दशरथ रंगशालामा बेलुकी पाँच बजे शुरु हुनेछ । मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताए ।

खेलमा दर्शकलाई पनि अनुमति दिइएको छ । दुई मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुगेको हो । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई वटा मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपालले हङकङ र फिलिपिन्ससँग असोज २ र पाँच गते खेल्दैछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।