ताजा अपडेट »

भारतीय गणतन्त्र दिवस भब्यताका साथ मनाइयो

शनिबार, १२ माघ २०७५, १७ : ०६
12 Shares

माघ १२,

नयाँ दिल्ली– भारतले आफ्नो ७० औँ गणतन्त्र दिवसलाई राजधानी नयाँ दिल्लीमा शनिबार भव्यताका साथ मनाएको छ । राजधानीबाहेक विभिन्न राज्यका राजधानी, विदेशी नियोग तथा स्थानीयस्तरमा पनि विभिन्न कार्यक्रमसाथ दिवसलाई भव्यताका साथ मनाइएको छ ।

केन्द्रीय राजधानी नयाँ दिल्लीमा स्वदेशी तथा विदेशी पाहुनाहरूको भव्य सहभागितासहित भएको ७० औँ गणतन्त्र दिवस कार्यक्रमको मुख्य अतिथि यस बर्ष दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसालाई बनाइएको थियो ।

कार्यक्रमलाई सुरक्षित एवम् व्यवस्थित बनाउन करिब २५ हजार प्रहरी तथा अर्ध सैनिक बललाई दिल्लीमा तैनाद गरिएको थियो । नयाँ दिल्लीको कार्यक्रमको प्रमुख आकर्षण ऊँट सवार र मोटरसाइकल ‘स्टन्ट राइडिङ‘ रहेका थिए भने सेनाले विभिन्न कलात्मक सैन्य प्रस्तुति समेत समारोहमा गरेका थिए ।

सन् १९५० मा नयाँ संविधान लागु भएको जनवरी २६ (आजकै दिन) लाई भारतले गणतन्त्र दिवसका रूपमा मनाउने गरेको छ । भारत बेलायतबाट सन् १९४७ मा स्वतन्त्र भएपनि त्यसपछिका तीन बर्ष सङ्क्रमणकालीन समयका रूपमा विताएको थियो ।

राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा भारतीय राष्ट्रपतिले भारतीय राष्ट्रपतिले शुक्रबार सम्पूर्ण देशबासीलाई आगामी मेमा हुन लागेको आम निर्वाचनमा सक्रियताका साथ सहभागी भै आफूलाई मन परेको उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “निर्वाचन मात्रै राजनीतिक अभ्यास होइन । यो वुद्धिको सामुहिक आह्वान तथा सामुहिक कर्म हो । यसले मतदानलाई पवित्र बनाउँछ ।”-
एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।