ताजा अपडेट »

लायन्स बुटवल स्टार्सद्धारा ब्लड बैंकलाई बेड प्रदान

मंगलबार, २२ भदौ २०७८, ०७ : ३२

बुटवल । लायन्स क्लब अफ बुटवल स्टार्स ले समाजिक सेवा भावले बुटवलमा रहेको रक्तसञ्चार सेवा केन्द्रलाई बेड प्रदान गरेको छ ।सोमबार एक कार्यक्रमको आयोजना गरी क्लवले २ थान बेड(रक्तदान गर्दा प्रयोग हुन बेड) प्रदान गरेको हो ।

कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ बि २ नेपालका पिडीजी महेन्द्रनारायण श्रेष्ठ, डेपुटी चिफ तथा क्लबका सस्थापक अध्यक्ष सन्दीप कसौधन , एओजी तथा क्लबका पुर्ब अध्यक्ष आशिष कृष्ण श्रेष्ठ, क्लबका पुर्ब अध्यक्ष दिपक भट्टराई लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै पीडीजी महेन्द्र नारायण श्रेष्ठले क्लवले सामाजिक सेवा भावले महत्पूर्ण काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सोही अनुसारको काम गर्नको लागि सुझाव दिए ।

साथै सोही कार्यक्रममा क्लवका पुर्ब कोषाध्यक्ष रिन्कु लिगल जन्मदिनको अवसरमा स्वर्गीय आमाको नामबाट एक थान बेड सौजन्य गरेका थिए । भने क्लबका तृतिय उपाध्यक्ष बिश्वजित कसौधनले एक थान बेड सौजन्य गरेका थिए । सौजन्य स्वरुप उपलब्ध भएका बेड नेपाल जिल्ला रेड्क्रस सोसाइटी रुपन्देहीका अध्यक्ष प्रेमलाल उदास लाई महेन्द नारायण श्रेष्ठ लगायत क्लवका अध्यक्ष अन्जिल खान लगायतले प्रदान गरेका हुन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।