ताजा अपडेट »

जनप्रतिनिधिले नै घूस मागेपछि ...

मंगलबार, २२ भदौ २०७८, ०७ : ०४
6 Shares

काठमाडौँ । जनताको सेवा गर्छु भनेर निर्वाचित भएर आएको जनप्रतिनिधिले मतदातासँग घूस माग्छ भन्ने विषय सामान्य रूपमा अनुमान गरिँदैन ।जनताका लागि जनताबाट निर्वाचित जनप्रतिनिधि सदैव जनताप्रति नै उत्तरदायी हुन्छ तर जनताका लागि काम गर्छु भनेर निर्वाचित भएका जनप्रतिनिधिले नै घूस मागे भन्ने सुन्दा उनीहरूलाई कस्तो लाग्ला ? यस्तै अनुमान नै गर्न नसकिने घटना घटेको छ । त्यो पनि राजधानी काठमाडौँमा नै ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–१४ का वडा सदस्य वसन्त महर्जनलाई रु दुई लाख घूस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार वडा सदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौँलाई सिफारिस गर्दा घूस मागेका थिए ।

वडासदस्यले नै घूस मागेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले कामनपा–१४ कलङ्की खसीबजारस्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट पक्राउ गरेको हो । आरोपी वडासदस्यको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।