२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्र सङ्कटमा परेका बेला निकास दिने काम पार्टीले गर्दै आएको बताएका छन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ ले आज जोरपाटीमा आयोजना गरेको ‘पार्टीको १४ औँ महाधिवेशन नेतृत्व विकास र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले निकास दिनकै लागि पार्टीको नेतृत्वमा वर्तमान सरकार गठन भएको बताए । देशमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न कसैसँग सम्झौता नगरेको पार्टीको इतिहास निरन्तर कायम गरिनुपर्नेमा पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले जोड दिए ।

Advertisement

उनले कांग्रेसले विगतमा अराष्ट्रिय तत्वको आरोप खेपेर पनि लोकतान्त्रिक मूल्य मान्यताका लागि काम गर्दै आएको स्मरण गर्दै संविधानमा उल्लेख भएका नागरिकका मौलिक अधिकारको रक्षाका लागि कांग्रेस नेतृत्वको सरकार प्रतिबद्ध हुनुपर्ने बताए ।

पार्टीको १४ औँ महाधिवेशनअघि क्रियाशील सदस्यता वितरणमा विधि र प्रक्रिया मिचिएका विषयमा नेतृत्व सजग हुनुपर्ने नेता सिंहको भनाइ थियो । विगत निर्वाचनमा कांग्रेस कमजोर भएकैले लोकतान्त्रिक संविधान फाल्न खोजिएको उल्लेख गर्दै उनले वडा तहसम्म आधार बलियो पार्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

पार्टी केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी विधानमा महाधिवेशन भएको तीन वर्षसम्म साधारण र क्रियाशील सदस्य बनाउन पाइने तर चौथो वर्षमा नपाइने व्यवस्था कार्यान्वयन नहुँदा २१ जिल्लामा सदस्यता विवाद आएको बताए । देशमा संविधानको शासनका लागि लडेको काग्रेसले पार्टीमा विधिको शासन स्थापित गर्नुपर्ने उनको भनाइ थियो ।

आगामी स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन कांग्रेसले कसैको बुइ चढेर नभई एकलरूपमा लडेर बहुमत ल्याउने गरी तयारी गर्नुपर्ने उनको भनाइ छ ।

पार्टी केन्द्रीय सदस्य विष्णुविक्रम थापाले कांग्रेसमा जाति, धर्म, क्षेत्रको कुरा अतिवाद हुने भएकाले यस्ता विषयभन्दा उठेर बहस गर्न नेता, कार्यकर्तालाई आह्वान गरे । सिन्धुपाल्चोक कांग्रेसका सभापति विकास लामाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० को सहयोगका विषयमा पार्टीको तल्लो तहसम्म बहस चलाइनुपर्ने धारणा राखे । रासस

प्रतिकृया दिनुहोस्

Flash News

कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ डुंगा डुब्दा १५ जना मछुवा बेपत्ता