ताजा अपडेट »

भैरहवा नमुना माविमा तत्काल व्यवस्थापन समिति गठन गर्न माग

सोमबार, २१ भदौ २०७८, १९ : ३४
8 Shares

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित भैरहवा नमुना माविमा विद्यालय व्यवस्थापन समिति गठन गर्न अभिभावक तथा विद्यार्थीहरुले माग गरेका छन् । धेरै समयदेखि विद्यालय व्यवस्थापन समितिको पदावधि समाप्त भएर पदाधिकारीविहिन अवस्थामा रहेकोेले समिति नहुँदा पठनपाठन, विकास निर्माण र सुधारका गतिविधिमा असर परिरहेको उनीहरुको गुनासो छ ।

आइतबार सिद्धार्थनगर नगरपालिका शिक्षा शाखामा ज्ञापनपत्र बुझाउँदै अभिभावक तथा विद्यार्थीहरुले यथाशिघ्र विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया अगाडी बढाउन माग गरेका छन् । सिद्धार्थनगर नगरपालिका र जिल्लाका अधिकांश विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भइसकेको परिस्थितिमा विद्यालयमा समिति गठन किन हुन सकेको छैन भन्ने कुरा यससंग सम्बन्धित सबैले चासो र चर्चा गर्न थालेको भैरहवा नमुना क्याम्पसका अध्यक्ष तथा भैरहवा नमुना मावि व्यवस्थापन समितिका पूर्वअध्यक्ष आनन्द प्रसाद गुप्ताले बताए । विद्यार्थी तथा शिक्षकहरुले उक्त माग गर्दै शिक्षा अधिकृत जाह्नवी पाण्डेलाई ज्ञापनपत्र बुझाएका छन् ।

यता विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डेले कोभिड–१९ को कारण विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा केही ढिलाइ भएको बताए । उनले केही दिनभित्रै अभिभावक भेला बोलाएर समिति गठन प्रक्रिया अगाडी बढाउने जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।