२३ असार २०७९, बिहीबार

Jul 7, 2022

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान गठबन्धन सरकारले छिट्टै पूर्णता पाउने भएको छ। मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा संलग्न दलहरूको सहमतिमा सरकारले एकाध दिनभित्रै पूर्णता पाउने बताए।

Advertisement

सरकारमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्री छन्। यस्तै, नेकपा (माओवादी केन्द्र) का तर्फबाट दुई मन्त्री कार्यरत रहनुहुन्छ । सरकार विस्तारमा ढिलाई भइरहेको भन्दै विभिन्न टिका टिप्पणी भइरहेको सन्दर्भमा नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका हुन् ।

गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल छन् । जनमोर्चाले सरकारलाई समर्थन गर्ने बताए पनि मन्त्रिमण्डलमा सहभागी नहुने सार्वजनिक गरिसकेको छ ।

त्यस्तै, मन्त्री कार्कीले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट संशोधन गर्ने बताए। उनले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि आफूले सरकारको तर्फबाट छलफल गरेको उल्लेख गर्दै सहमतिका आधारमा बजेट संशोधन हुने उल्लेख गरे।

गत जेठ १५ गते तत्कालीन सरकारले अध्यादेशमार्फत चालु आवको बजेट ल्याएको थियो । सङ्घीय संसद्को बैठक आह्वान गर्न केही दिनमात्रै बाँकी रहेका बेला तत्कालीन ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको थियो ।

जनप्रतिनिधिमूलक संस्था विघटन गरेर अध्यादेशमार्फत बजेट ल्याइएको भन्दै तत्कालीन सरकारको चौतर्फी आलोचना भएको थियो । प्रतिनिधिसभाको विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्चले गत असार २८ गते परमादेश दिँदै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको थियो । रासस

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा भोलिदेखि सुरु हुँदै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड कपिलवस्तुमा करेन्ट लागेर २२ वर्षीय तेलीको मृत्यु प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन