१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

डोटी । जिल्लाका तीन स्थानीय तहलाई सुन्तला जोन क्षेत्र बनाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यालय डडेल्धुरामार्फत बडिकेदार, जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा सुन्तला जोन क्षेत्र कार्यक्रम गरिने भएको हो । सुन्तला जातका फलफूल उत्पादनका सम्भावित क्षेत्र भएको, क्लष्टर मिलेको, क्षेत्र विस्तार गर्ने प्रचुर सम्भावना भएको र पूराना बगैंचा भएका साथै छिमेकी जिल्ला कैलालीको चुरे गाउँपालिकाको सुन्तला उत्पादन क्षेत्रलाई समेटी चालु आर्थिक वर्षदेखि सुन्तला सुपर जोनका रुपमा ती स्थानीय तहलाई अगाडी बढाइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख खेमराज जोशीले जानकारी दिए ।

Advertisement

उनका अनुसार बडिकेदारका वडा नं १, २ र ४ को एक सय ५० हेक्टर, जोरायलको वडा नं ३, ५ र ६ को दुई सय हेक्टर तथा बोगटान फुड्सिलका वडा नं १, २, ३, ४, ५ र ७ को एकसय ५० हेक्टर क्षेत्रफललाई यस आर्थिक वर्षमा सुन्तला जोन प्रस्ताव गरी कार्यक्रम अगाडी बढाइने बताइएको छ । जिल्लाका तीन स्थानीय तहमा सुन्तला राम्रो फल्ने गरेको छ ।

बजार अभाव तथा यातायातको समस्याका कारण यहाँ उत्पादित सुन्तला हरेक वर्ष खेर जाने गरेको किसान बताउँछन् । यहाँका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालासहित कृषि ज्ञान केन्द्रको सभाहलमा आयोजित जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठक एवं आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

यसैगरी सोही कार्यक्रमसँगै कृषि ज्ञान केन्द्रले पनि गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमको समिक्षा र यस आर्थिक वर्ष २०७८/७९ मा गरिने कार्यक्रमबारे अभिमुखिकरण गोष्ठी पनि सम्पन्न गरेको छ । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमूख नरेन्द्र पनेरुले गत वर्ष सम्पन्न कार्यक्रम र यस वर्ष सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराए । जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐरले किसानका लागि आउने विभिन्न अनुदानका कार्यक्रमबाट वास्तविक किसान लाभान्वित हुन नसकेकाले यसमा सुधार ल्याउनुपर्ने आवश्यकता जानकारी दिए । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारलाई अर्को चुनौती, अस्पताल विकास समितिलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश घुस रकमसहित अदालका कर्मचारी अख्तियारको फन्दामा लुम्बिनी प्रदेशमा २७८ मृगौला रोगी तथा १४७३ दमका विरामीलाई उपचारमा आर्थिक सहयाेग काँग्रेसमा संस्थापन इतरको बैठक आज पनि बस्ने यस्तो छ ३ दिनसम्ममको मौसमी आंकलन बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि लुम्बिनीको दाङमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते जुम्लामा जिल्ला स्तरीय कृषि मेला : चिनोदेखि भाँगोसम्म प्रदर्शनी अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते दाङमा सिकलसेलको स्क्रिनीङ परिक्षण गाई-गोरु बाँध्ने गोठमै नवजात शिशुसहित सुत्केरीको बास ५ वर्षीया बालिका बलात्कृत, १६ वर्षीय किशोर पक्राउ धान दिवसमा रोपाइँसँगै विविध सांस्कृतिक कार्यक्रम लुम्बिनीका ६ जिल्लामा सिकलसेल एनिमियाका बिरामी, परीक्षणमै समस्या इस्माले दुना–टपरी उद्योग सञ्चालन गर्ने शेखर कोइरालाको भेलामा को को सहभागी ? (फोटोफिचर) नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि रातभर सुत्दैनन् बुटवलकाे ज्योतिनगरबासी, टालटुले उपायले रोकिएला पहिरो ? माओवादी गुल्मीका पुराना नेता कार्की केन्द्रिय सदस्यमा मनोनित