ताजा अपडेट »

रुपन्देहीको सिद्धार्थनगर नगरकी उपमेयर एकिकृत समाजवादीमा

सोमबार, २१ भदौ २०७८, १३ : २३
4 Shares

भैरहवा । सिद्धार्थनगर नगर पालिकाको उप–मेयर उमा काफ्लेले नेकपा (एकिकृत समाजवादी) पार्टी राजेकी छिन् । उप–मेयरको नेतृत्वमा बुटवलका केही वडा सदस्यहरुले आज जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमा एकिकृत समाजवादी पार्टीमा रहने गरि सनाखत गरेका छन् ।

काफ्लेको नेतृत्वमा एकिकृत समाजवादी दल रोज्नेमा बुटवल उपमहानगर पालिका वडा नम्बर २ का वडा सदस्य सुनिल शाक्य, वडा नम्बर ३ का वडा सदस्य चिन बहादुर गुरुङ, वडा नम्बर १९ का वडा सदस्य गोपाल नेपाल र तिलोत्तमा नगरपालिकाका कार्यसमिति सदस्य यज्ञेश्वर क्षेत्री रहेको नेकपा (एकिकृत समाजवादी)का जिल्ला अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

गुरुङले भोली सम्म दल रोज्न सक्ने भएकोले थप जनप्रतिनिधिहरुले पनि दल रोज्ने र निर्वाचन कार्यालयमा सनाखत गर्ने बताए । उनले निर्वाचनको समयमा यो क्षेत्रमा केपी ओली र बिष्णु पौडेलले आफ्नो मानिसलाई टिकट दिदा आफु निकटलाई मात्र टिकट दिएको कारण दल रोज्नेको संख्या थोरै देखिएको दावी गरे ।

दल रोजेकी उपमेयर उमा काफ्लेले नेकपा एमाले भन्दा पनि एकिकृत समाजवादी मन परेर यो दल रोजेको प्रतिक्रिया दिएकी छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।