२३ असार २०७९, बिहीबार

Jul 7, 2022

बुटवल । चौधरी फाउण्डेसनको आयोजनामा फत्तेवाल आँखा अस्पताल बाँकेको सहकार्य र बाँसगढी नगरपालिकाको समन्वयमा निशुल्क आखा शिविर सम्पन्न भएको छ ।

Advertisement

वडा नं. ५ स्थित मोतिपुर स्वास्थ्य चौकीमा आयोजित शिविरमा बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिक राम अधिकारीले शिविरको उद्घाटन गर्दै ब्यवसायिक हितसँगै सामाजिक कार्यमा चौधरी घराना अगाडी रहेको बताए ।

चौधरी गू्रपका प्रदेश प्रशासक देवराज ढुङ्गानाले शिविरमा ३ सय २२ जना आँखाका बिरामीले सेवा लिएको बताए । जाँचमा आएकामध्ये ५१ जनामा मोतिबिन्दु देखिएकाले बिरामीहरुलाई आँखाको थप उपचारका लागि फत्तेवाल आँखा अस्पताल बाँकेमा रिफर गरिएको उनले बताए ।

कार्यक्रममा मोतिपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत बल बहादुर चौधरी, बाँसगढी न.पा. कार्यकारी प्रमुख पुरुषोतम देवकोटा, स्वास्थ्य शाखा प्रमुख गिता घिमिरे, इलाका प्रहरी प्रमुख विरेन्द्र सिह थापा, चौधरी ग्रुप फुड इण्डष्ट्रिज बर्दियाका प्रशासन प्रमुख लिला श्रेष्ठले मानव स्वस्थ्य सबैभन्दा ठुलो धन भएको भन्दै रोग लाग्नुभन्दा पहिले नै यसबाट बच्नु र सावधानी अप्नाउनुपर्ने बताए ।

यसअघि फाउण्डेसनले कोभिड रोकथामका लागि अक्सिजन मेशिन समेत उपलब्ध गराएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा भोलिदेखि सुरु हुँदै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड कपिलवस्तुमा करेन्ट लागेर २२ वर्षीय तेलीको मृत्यु प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन