१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

Advertisement

काठमाडौँ । ब्राजिल र अर्जेन्टिनाबीच भएको विश्वकप छनोट खेल सुरू हुनासाथ स्थगित भएको छ। बिबिसीका अनुसार सोमबार बिहान ब्राजिलको साओ पाउलोमा खेल सुरू हुनासाथ ब्राजिलका स्वास्थ्य अधिकारीहरूले अर्जेन्टिनी खेलाडीले कोभिड-१९ क्वारेन्टिनको मापदण्ड पालना नगरेको भन्दै हस्तक्षेप गरेका थिए।

स्वास्थ्य अधिकारीहरूले इंग्लिस प्रिमियर लिग खेल्ने अर्जेन्टिनाका तीन खेलाडीले कोभिड प्रोटोकल पालना नगरेको बताएपछि खेल सुरू भएको केही मिनेटमै स्थगित भएको हो। ब्राजिलले आफ्नो देशमा आउनेहरू १४ दिनअघिसम्म बेलायतमा भएको भए  ब्राजिल आएपछि १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने नियम लागु गरेको छ। ती खेलाडीहरूले यही नियम पालना नगरेको बताइएको छ।

दक्षिण अमेरिकाका यी दुई चीर प्रतिद्वन्द्वीबीच अब कहिले छनोट खेल हुन्छ भन्ने टुंगो भइसकेको छैन। अर्जेन्टिनाका खेलाडीले आगामी शुक्रबार घरेलु मैदानमा बोलिभियासँग विश्वकप छनोट खेल्दै छन्। त्यसको तयारीका लागि उनीहरू ब्राजिलबाट फर्किँदै छन्। विश्वकपमा दक्षिण अमेरिका महादेशबाट ४ वा ५ देश छनोट हुन्छन्।

छनोट चरणमा सबै देशले एकअर्कासँग दुई-दुई पटक खेल्नुपर्छ। सोमबार ब्राजिल र अर्जेन्टिनाले छनोटका लागि पहिलो खेल खेल्दै थिए।ब्राजिल यसअघि भएका सात वटै छनोट खेलमा जित निकालेर २१ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ भने  अर्जेन्टिना  १५ अंकसहित अंकतालिकामा दोस्रो स्थानमा छ। चार खेलमा जित हात पारेको अर्जेन्टिनाले तीन खेल बराबर खेलेको थियो।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य नेपालले भारतलाई बेच्यो एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भैरहवा स्थित भिम अस्पतालका कर्मचारीद्वारा आन्दोलनका कार्यक्रम घोषणा