ताजा अपडेट »

फिटनेशका लागि यी ८ काम गर्छिन् कियारा, जुन तपाईँले पनि गर्न सक्नुहुन्छ

सोमबार, २१ भदौ २०७८, १० : ४१
2 Shares

यारा आडवाणी बक्स अफिसमा ब्याक टु ब्याक हिट फिल्म दिने बलिउडकी टप अभिनेत्री मध्येकी एक हुन्। हालै उनको चलचित्र ‘शेरशाह’ रिलिज भएको छ, जसलाई दर्शकले निकै रुचाएका छन्।

कियारा आफ्नो सुन्दरता र फिटनेसका कारण सधैँ चर्चामा रहन्छिन्। उनको लोकप्रियता र कडा मेहनतका कारण उनी सधैँ चर्चामा रहन्छिन्। एक रिर्पोटका अनुसार कियारा सही मात्रामा मेटाबोलिज्मको लागि हरेक दिन बिहान एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउँछिन् ।

आफ्नो शरीरलाई फीट बनाउन कार्डियो, योगा, किकबक्सिङ र वेट ट्रेनिङ उनले नियमित रुपमा गर्छिन्। उनले वर्कआउटपछि स्याउ र पिनट बटर खान्छिन् । उनले प्राय जसो घरकै खाना खान्छिन्। लन्चमा रोटी र हरियो सागपात खान्छिन् भने अंकुरित गेडागुडी पनि उनले खाने गरेकी छन्।

यस्तै उनले प्राकृतिक प्रोटिन र ओमेगा ३ का लागि राति माछा खान्छिन् भने स्याक्समा नट्स खान रुचाउँछिन्।उनी नियमित जिम जान्छिन्।यदी व्यस्तताका कारण उनी जिम जान सकिनन् भने नाच्ने गर्छिन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।