२३ असार २०७९, बिहीबार

Jul 7, 2022

कर्णाली । सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा बृहत् बुलबुले क्षेत्र विस्तार आयोजना सञ्चालनमा आएको हो । प्रदेश सरकारअन्तर्गतको वन निर्देशनालयले आर्थिक वर्ष २०७६/०७७ देखि बुलबुले क्षेत्रमा संरचना निर्माणको काम अघि बढाएको हो । ताल विस्तारका लागि हालसम्म रु दुई करोड खर्च भइसकेको छ । आयोजनामा प्राविधिक सहयोग गरिरहेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका इञ्जिनीयर गोर्कण थापाले १२ हजार वर्गमिटर क्षेत्रफलमा रहेको ताल बढाएर २८ हजार ५०० वर्गमिटर बनाउन लागिएको बताए । उनका अनुसार बुलबले क्षेत्र हुँदै बगिरहेको इत्राम खोलामा तटबन्ध निर्माण, पैदलमार्ग, ताल विस्तारको काम सम्पन्न भइसकेको छ भने यस वर्ष वनभोजस्थलतर्फ पुग्न खोलामा झोलुङ्गे पुल निर्माण गरिनेछ । विस्तार गरिएको तालमा पानी चुहिने समस्या भएकाले ताल पूर्णरुपमा भरिन पाएको छैन ।

“पानी लिकेज भएकाले ताल भरिन पाएको छैन, प्राविधिक त्रुटि के भयो भनेर अध्ययन गर्दैछौँ”, इञ्जिनीयर थापाले भने, “यस वर्ष पानीको लिकेज बन्द गर्नुका साथै १० वटा वनभोजस्थल, स्नान घर निर्माण गरिने छ, उद्यानलाई समेत व्यवस्थित बनाइनेछ ।” साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ । कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले पनि पर्ने गरेको छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्दछन् । दैनिक औसत ३०० पर्यटकले बुलबुले अवलोकन गर्ने जनाइएको छ ।

विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो । बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै सङ्घीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ । नगरप्रमुख देवकुमार सुवेदीले तालको संरक्षणसँगै यसको आकर्षण र महत्व झन बढ्ने बताउँदै भने, “बुलबुले सुर्खेतको मुख्य चिनारी हो, यसको व्यवस्थित विकास गरेर हेर्न लायक बनाउँदैछौँ ।” उनले बृहत् गुरुयोजनाअनुसारका सबै संरचना निर्माण गरिने जानकारी दिए । बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको सङ्कलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन् । तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरुषका लागि पाँच÷पाँचवटा धारा छन् । ताल विस्तार सम्पन्न भइसकेपछि ¥याफ्टिङ सञ्चालन गर्ने नगरपालिकाको तयारी छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग हैजाबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिन एनआरएनएको आग्रह ट्राफिक नियम उल्लङ्घन गर्ने २४ सय २८ जना सवारी चालक कारवाहीमा मिटरब्याजी रामदेव साहका छोराछोरी कारागार चलान