ताजा अपडेट »

कांग्रेस महाधिवेशनमा ४ हजार १ सय २५ महाधिवेशन प्रतिनिधि

सोमबार, २१ भदौ २०७८, ०८ : २२
6 Shares

काठमाडौ। प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले १४औं महाधिवेशन प्रक्रियाअन्तर्गत तल्लो तहको अधिवेशन भदौ १८ देखि शुरु गरिसकेको छ । कांग्रेसको भदौ १८ बाट प्रारम्भ भएको अधिवेशन वडा, गाउँ/नगर, क्षेत्र, जिल्ला प्रदेश हुँदै मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ ।

अघिल्लो अधिवेशनमा आमन्त्रितसहित १ सय ३५ सदस्यीय केन्द्रीय समिति रहेकोमा यो अधिवेशनमा १ सय ६१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने गरी विधानमा व्यवस्था गरिएको छ ।

यो अधिवेशनका लागि ९ लाखको हाराहारीमा क्रियाशील सदस्यता बनाएको कांग्रेसको केन्द्रीय कार्यसमिति चयनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ४ हजार १ सय २५ महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउँदै छन् । केन्द्रीय कार्यसमितिका सदस्य, विदेशस्थित जनसम्पर्क समिति, विभिन्न भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाबाट पनि थप महाधिवेशन प्रतिनिधि आउने व्यवस्था गरिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।