ताजा अपडेट »

अर्जेन्टिना र ब्राजिलबीचको खेल ६ मिनेट खेलेर स्थगित, मेसी असन्तुष्ट

सोमबार, २१ भदौ २०७८, ०८ : १६
6 Shares

काठमाडौँ । अर्जेन्टिना र ब्राजिलबीचको विश्वकप छनौट अन्तर्गतको खेल स्थगित भएको छ ।दक्षिण अमेरिकी क्षेत्र अन्तर्गत विश्वकप छनौटको खेलमा स्वास्थ्य अधिकारीहरुले हस्तक्षेप गरेपछि खेल स्थगित भएको हो । दुवैबीच ६ मिनेटको खेलपछि खेलमा स्वास्थ्य साओ पाओलोका स्वास्थ्य अधिकारीहरुले हस्तक्षेप गरेका थिए ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले अर्जेन्टिनाले स्वास्थ्य मापदण्ड पालना नगरेका चार खेलाडी एमिलियानो मार्टिनज, एमिलियानो बुएन्डिया, क्रिस्टियन रोमेरो र गिओभानी लो केल्सोलाई खेलाए पछि विवाद भएको थियो ।उनीहरुले ब्राजिल प्रवेश गर्न पेश गरेको स्वास्थ्य सम्बन्धि कागजपत्र नक्कली बनाएको पाइएपछि ब्राजिलका आधिकारीहरुले खेलनै रोकेका थिए । बेलायतबाट गएका उनीहरुले स्थानीय क्वारेन्टाइनको नियम तोड्न नक्कली कागज बनाएको बताइएको छ ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले अहिले वैश्विक महामारीका बेला खेलाडीले अनिवार्यरुपमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा नक्कली कागज बनाएर क्वारेन्टाइनको नियम तोडेको आरोप लगाएका छन् ।यस प्रकरणलाई अब दक्षिण अमेरिकी फुटबल फेडेरेसनले छानबिन गर्ने भएको छ ।

कोरोना संक्रमणक कारण बेलायत अहिले ब्राजिलको रेड जोनमा रहेका कारण ब्राजिलले आफ्नो राष्ट्रिय टिमका ९ खेलाडीलाई क्वारेन्टाइनकै नियमका कारण यस खेलमा गुमाएकाले अर्जेन्टिनी खेलाडीप्रति कडा रुपमा प्रस्तुत भएको बुझिएको छ ।  

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले भने खेल शुरु भैसकेपछिको यो व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले खेलशुरु हुनुअघि नै यस विषयमा एक्शन लिनुपर्नेमा खेल शुरु भैसकेकपछि रोकिनु गलत भएको बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।