काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेडको जर्सी बिक्रीले नयाँ किर्तिमान बनाएको छ ।मिडिया रिपोर्टका अनुसार रोनाल्डोको आइकोनिक जर्सी नम्बर ७ को बिक्रि म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँग सम्झौता गरेको घोषणा गरेको १२ घण्टामा कीर्तिमानी बिक्रि भएको छ ।जर्सीको उत्पादक एडीडासले माग बमोजिम जर्सी पुर्याउन नसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।
रोनाल्डोले उनको ७ नम्बर जर्सी लगाउने घोषणा गरेको १२ घण्टामा ३२.५ मिलियन पाउण्डको जर्सी बिक्रि भएको लभडसेल्स डटकमले उल्लेख गरेको छ । लभडसेल्स डटकमले बेलायतका करिब एक हजार अनलाइन जर्सी बेच्ने रिटेलरको डाटा अनुसार रिपोर्ट प्रकाशित गरेको छ । यस अवधिमा क्लबले २ लाख ९५ हजार जर्सी बेचेको थियो भने यस अवधिमा कुल ४ लाख ६ हजार २५० जर्सी बिक्रि भएको बताएको छ ।
यो प्रिमियर लिगमा कुनै बिक्रि भएको जर्सीको नयाँ किर्तिमान भएको बेलायती मिडियाले उल्लेख गरेका छन् ।तर जर्सीको व्यापक बिक्रि भएपनि यो रकम भने म्यानचेस्टर युनाइटेडले केबल १० प्रतिशतको हाराहारीमा पाउने विश्लेषकहरुले बताएका छन् । म्यानचेस्टर युनाइटेडले २०१४ मा १० बर्षका लागि ७५० मिलियन पाउण्डमा एडीडाससँग आफ्नो किट बिक्रि सम्झौता गरेको छ ।
त्यस्तै ८० देखि ११० पर्ने जर्सीबाट युनाइटेडले करिब ५ पाउण्ड मात्र पाउने बताइएको छ ।यद्यपी युनाइटेडलाई विश्वभर उसको ब्राण्डको मुल्य र लोकप्रियतामा भने व्यापक फाइदा भएको छ । यसबाट युनाइटेडले स्पोन्सरगर्ने ब्राण्डहरुबाट बढी रकम असुल्न सक्ने देखिएको छ ।
प्रतिक्रिया