१ आश्विन २०७८, शुक्रबार

Sep 17, 2021

काठमाडौं । सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमित सेवा प्रवाहमा अवरोध नगर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

प्रतिष्ठानका समस्या पहिचान तथा छानबिन गरी उच्चस्तरीय कार्यदलले सरकारसमक्ष प्रस्तुत गरेको प्रतिवेदन कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रतिष्ठान शुद्धीकरण अभियान, संयुक्त सङ्घर्ष समितिबीच छ बुँदे सहमति भइसकेको सन्दर्भमा कोभिड महामारीको अहिलेको अवस्थामा स्वास्थ्यजस्तो संवेदनशील र अत्यावश्यक सेवा सञ्चालन गतिरोध सृजना नगर्न सरकारले अनुरोध गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत पक्ष र सरकारबीच भएका सहमति कार्यन्वयनमा गइसकेको जानकारी दिँदै नौ बुँदै प्रेस विज्ञप्तिमा सम्बोधन हुन बाँकी माग पनि कार्यान्वयनको प्रक्रियामा रहेकाले स्वास्थ्यसेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।

यसैबीच, सङ्घर्ष समितिका सदस्य डा.पदम नेपालीले सङ्क्षिप्त कुरा गर्दै तत्काल सम्बोधन गर्न सकिने मागलाई बेवास्ता गर्न नहुनेमा जोड दिए । जनस्वास्थजस्तो संवेदनशील विषयप्रति आफूहरू पनि संवेदनशील रहेको बताउँदै उनले सेवा प्रवाहमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

बजेट होलिडे : सरकारको गैरजिम्मेवारीले उत्पन्न वित्तीय संकट कुन देशले बालबालिकाहरूलाई खोप दिँदैछन् ? १२ लाख लगानीमा राजकुमारकाे कबाव उद्योग म्याग्दीका हिमालमा आरोही आउन थाले ‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग आजदेखि पाथीभरा दर्शन खुला सुनवलमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग हुम्लामा लोडसेडिङले कक्षा १२ को वार्षिक परीक्षा आधा घन्टा ढिलो सञ्चालन दुई बालकको खातामा करोडौं भारु जम्मा भएपछि… विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा चीनबाट थप ४४ लाख खोप आज आउँदै, निगमको वाइडबडी विमान बेइजिङमा सदनको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले थाले संवाद, बालकोट पठाए प्रतिनिधि रातभरको वर्षाले कस्ता छन् लुम्बिनीका सडक ? विश्वकप लिग-२: नेपालले आज अमेरिकाको सामना गर्दै ७५० स्थानीय तहमा पुगे बैंक सुस्तामा भाले गैंडा मृत अवस्थामा फेला शक्तिकेन्द्र धाउने कर्मचारीको ‘कासमू’ रेटिने आजबाट खाद्यमा छुट अफर