ताजा अपडेट »

विद्यार्थीलाई रेडियो

आइतबार, २० भदौ २०७८, १९ : ०३
11 Shares


भैरहवा । लायन्स क्लब अफ बुटवल सनसाईनले जिल्लाको ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्धेश्यले आवश्यक सामग्री रेडियो सहयोग गरेको छ । पश्चिम पहुंनि माध्यामिक विद्यालयका ४२ जना विद्यार्थिहरुलाई एक एक सेट रेडियो प्रदान गरिएको बुटवल सनसाईनको अध्यक्ष आरती खरालले बताईन् ।

उनले भनिन्, 'कोरोना महामारीको कारण भौतिक रुपमा उपस्थिती भएर विद्यालयले पठनपाठन सन्चालन गर्न सकेको छैन । यस्तो अवस्थामा ल्यापटप तथा मोबाइल मार्फत अनलाईन कक्षा पनि लिन असमर्थ भएका विद्यार्थीहरको लागि रिड नेपालले रेडियो शिक्षा कार्यक्रम चलाएको रहेछ । विपन्न परिवारका धेरै विद्यार्थिले रेडियो समेत किन्न नसक्दा उक्त शिक्षा लिन पनि बञ्चित भएको खबर पाएसंगै हामीले रेडियो किनेर विद्यार्थिलाई बितरण गरेका हौं ।'

रेडियो पाएसंगै कक्षा ४ देखि कक्षा ८ सम्म उक्त विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थी लाभान्वीत भएका छन् । बिक्रम २०१६ सालमा स्थापना भएको पश्चिम पहुनि मावि तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पुर्व पहुनिमा रहेको छ । उक्त विद्यालयको पठनपाठनलाई प्रभावकारी बनाउन विद्यालय व्यवस्थापनले विभिन्न संघसंस्थासँग सहकार्य समेत गर्दै आएको छ ।

विद्यालयका प्रधानाध्यापक दुर्गा नारायण श्रेष्ठले लायन्स क्लब अफ बुटवल सनसाईनको सहयोगले विद्यार्थीको एक घर एक रेडियो अभियानलाई टेवा पुगेको बताए । उनले भने, 'हामीले विद्यार्थीको पठनपाठन गराउने विभिन्न विधी अपनाएका छौं । कक्षा ४ सम्म टोलटोलमा पुगेर शिक्षकले होमवर्क दिने गरेका छन् भने कक्षा ५ देखि माथि अनलाईन कक्षा चल्छ । कक्षा ५, ६ र ७ का धेरै विद्यार्थि अनलाईनमा आउन सकेनन । तर कक्षा ८, ९ र १० का ६० प्रतिशत सहभागी छन् ।'

प्रअ श्रेष्ठका अनुसार रिड नेपालले तिलोतमा नगरपालिका भित्र १९ विद्यालयमा मेरो रेडियो, मेरो भविष्य कार्यक्रम सञ्चालन गरेको छ । इन्टरनेट, मोबाईल, ल्यापटप किनेर अनलाईन कक्षामा सहभागी हुन नसकेका विद्यार्थीको लागि उक्त कार्यक्रम प्रभावकारी हुने देखिन्छ ।
लायन्स क्लब अफ बुटवल सनसाईनको ४२ थान रेडियो सहयोगसंगै पश्चिम पहुनिमा अध्ययनरत करिब सबै विद्यार्थी पठनपाठनबाट बन्चित नहुने देखिएको छ ।

रिड नेपालले रेडियो कार्यक्रम शुरु गरेसंगै १५ थान रेडियो दिएको थियो । विद्यालयले ५ थान थपेर शुरुमा २१ थान रेडियो वितरण गर्यो । त्यसपछि रोटरी क्लब अफ बुटवल चौतारिले ४० थान रेडियो सामग्री दियो भने शनिबार ४२ थान रेडियो लायन्स क्लब अफ बुटवल सनसाइनले सहयोग प्रदान गरेको छ । रेडियोमा विहान ८ बजेदेखि ९ बजे सम्म र सांझ साढे ५ बजेदेखि साढे ६ बजे सम्म रेडियो कार्यक्रम पाठ्यक्रममा आधारित भएर सन्चालन हुने गर्दछ ।

रेडियो हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी लायन्स क्लब अफ ३२५ वि २ का भाईस डिस्ट्रीक गर्भनर नवराज न्यौपानेले शिक्षाको क्षेत्रमा लायन्स क्लब अफ बुटवल सनसाईनले गरेको सहयोग महत्वपुर्ण भएको बताए । उनले भने, 'आर्थिक अभावको कारण अनलाइन कलास लिन नसकेको विद्यार्थिकोलागि रेडियो कार्यक्रम सन्चालन भयो । तर त्यहि रेडियो समेत किन्न नसकेकै कारण धेरै विद्यार्थि पढाईबाट बन्चित भएपछि सहयोगी भावले बुटवल सनसाईनले जुन कार्य गर्यो त्यसको जति प्रशंसा गरेपनि कम हुनेछ ।'

लायन्स क्लब अफ ३२५ बि २ का प्रमुख सल्लाहकार उमंग देवकोटाले कोभिड कारण समग्र क्षेत्र प्रभावित भईरहेको बेला सबैभन्दा बढी असर विद्यालयमा परेको बताउदैं महंगो नेट, महंगो मोबाइल वा ल्यापटप किनेर आफ्ना बालबालिकालाई पढाउन नसकेका मजदुर तथा गरिब परिवारका बालबालिकाको पढाईमा सहयोग पुराउने कार्यमा लायन्स क्लब अफ बुटवल सनसाईनले गरेको सहयोग शिक्षाको क्षेत्रमा अतुलनिय रहने बताए ।

रेडियो हस्तान्तरण कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुकदेव न्यौपानेले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थिको पठनपाठनमा सहयोग पुराउनेगरी गरेको सहयोग उल्लेखनीय भएको बताए । लायन्स क्लब अफ बुटवल सनसाईन स्थापनाकालदेखि नै ग्रामिण क्षेत्रको समुदायमा रहेर सेवा गरिरहेको क्लबको संस्थापक अध्यक्ष जमुना पान्डेले बताईन् ।

गीता न्यौपानेको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खुमबहादुर थापा, बुटवल सनसाईनका प्रथम उपाध्यक्ष रश्मी अर्याल, सचिव संकल्प हमाल लगायतले बोल्दै रेडियो माध्ययमबाट चलिरहेको पठनपाठनलाई उपयोग गर्नेगरी लायन्स क्लब अफ बुटवल सनसाईनले सहयोग गरेको बताईन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।